गौंदीखोला दोस्रो जलविद्युत आयोजनाद्वारा विद्युत महशुल छुट

राम खत्री,
बागलुङ, ३१ बैशाख ।
गल्कोट नगरपालिका १ दुदिलाभाटिमा रहेको गौंदीखोला दोस्रो लघुजलविद्युत प्रदशन परियोजनाले विद्युत महशुलमा छुट दिने निर्णय गरेको छ ।
कोरोना भाईरस (कोभिड–१९)को कारण सम्भावित जोखिमबाट बच्नको लागि देश लकडाउनमा रहेको महामारीको समयमा आफना उपभोक्तालाई थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले एक महिनाको महशुल मिनाह गर्ने निर्णय गरेको परियोजनाका अध्यक्ष टीकाबहादुर भण्डारीले बताउनुभयो ।
गौदीखोला दोस्रो लघुजलबिद्युत परियोजना गल्कोट नगरपालिका–१ काफलठुटा, चौराहा, झाक्रीस्थानको मंगलबार बसेको बैठकले आफ्ना उपभोक्ताहरुलाई राहत स्वरुप एक महिनाको महशुल मिनाहा गरेको परियोजनाका अध्यक्ष भण्डारीले बताउनुभयो ।


विश्वभर महामारी फैलिरहका बेला सम्पुर्ण पेशा व्यवसाय थप्प प्राय छन् । जोखिमको समयममा नियमित ज्याला मजदुरी गरी गुजारा गर्ने वर्गले पनि कामगर्न पाएका छैनन । सरकारले महामारीको समयको, व्यवसायिक प्रायोजनमा लगाएका घरको भाडा मिनाहा गर्न साथै बैक तथा वित्तिय संस्थाहरुलाई ब्याजमा सहुलियत प्रदान गर्न आग्रह गरेको छ ।
२१ किलोवाट क्षमताको परियोजनाले समय समयमा सामाजिक कार्य गर्दै आएको र यस्तो महामारीको समयमा आफना उपभोत्ताको समस्यालाई मध्यनजर गर्दे महशुल छुटको निर्णय गरेपछि काफलठुटा,चौराहा,झाक्रीस्थानका १६२ घरधुरी लाभान्वित हुने परियोजनाका संस्थापक सचिब जीवन भण्डारीले बताउनु भएका छ ।
साथै बैठकले परियोजनालाई दिगो राख्न १ दिनको जनश्रमदान गरि कूलोको मुहान देखि पावरहाउसको क्षेत्रमा सरसफाई तथा आवश्यक मर्मत सम्भार गर्ने निर्णय गरीएको छ । पावरहाउस देखि चौराहा सम्म को क्षेत्रमा बिजुलीका खम्बाहरुको निरिक्षण गर्ने तारलाई छुन लागेका हांगाविंगा लगायत अनावश्क अवरोध हटाउने काम गर्ने निर्णय भएको उपभोक्ता समितिका पूर्व अध्यक्ष हिराबहादुर काउचाले बताउनु भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here