व्यवसायी मर्कामा परेको भन्दै सरोकारवाला निकायलाई ज्ञापनपत्र

राजेशचन्द्र राजभण्डारी
बागलुङ, ३० बैशाख ।
बागलुङ चेम्बर अफ कमर्सले बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)लाई लक्षित गरेर सरकारले गरेको लकडाउनका कारण ब्यबसायी मर्कामा परेको भन्दै सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाएको छ ।
कोरोनाको कारणले ब्यबसायी धरासायी बनेको भन्दै लकडाउन अबधिको घर भाडा छुट बैंक तथा बित्तिय संस्थालाई ब्याजमा छुटको लागि पहल गरिदिन कमर्सले जिल्ला प्रशासन कार्यालय, बागलुङ नगरपालिका र बैकर्स एशोसियसनलाई कमर्सका महासचिव नारायण पौडेलले ज्ञापनपत्र बुझाएका हुन् ।

कमर्सले प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु, बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेल र सेन्चुरी बैकका प्रबन्धक दिपक शर्मालाई ब्यबसायीक हकहितको पक्षमा पहल गरिदिन अनुरोध गरेका थिए ।
ब्यबसायीले कोरोनाको जोखिम मोलेर सामाजिक दुरि कायम राखी आम उपभोक्तालाई सेवा दिदै आएको कमर्सले जनाएको छ । ज्ञापनपत्र बुझाउन कमर्सका पदाधिकारी गएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here