बागलुङ, १७ बैशाख ।
बागलुङ नगरपालिका बागलुङले खडा गरेको विपद, राहत, उद्धार तथा व्यवस्थापन कोषमा हालसम्म ७ लाख बढी रकम संकलन भएको छ ।
कोषमा व्यक्ति, संघ संस्था तथा कर्मचारी, सहकारीको तर्फबाट हालसम्म ७ लाख ४३ हजार ४३२ रुपैयाँ संकलन भएको नगरपालिकाका बरिष्ठ योजना तथा प्रकाशकीय अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
नगरपालिकाले लकडाउनको कारण काम विहिन भएका असहाय अति विपन्न वर्गका व्यक्ति तथा परिवारलाई राहत वितरण गर्ने प्रयोजनका लागि कोष स्थापना गरेको हो । कोषमा बुधबार उन्नती लद्युवित्तय संस्था लि. रामरेखाले ५० हजार र उन्नती लद्युवित्त वित्तिय संस्था लिमिटेड बलेवा नारायणस्थान ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
नगरपालिकाले स्थापना गरेको फुट बैकमा माताममता कोषले ३०० सय केजी चामल सहयोग गरेको सुवेदीले जानकारी दिनुभएको छ । आर्थिक तथा खाद्यन्न सहयोग गर्ने नगरपालिकाले सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here