असिना पानीले काठेखोलामा भित्र्याउने बेलाको बाली नष्ट

बागलुङ, ८ बैशाख ।
हावाहुरीसहित परेको असिनापानीले जिल्लाको काठेखोला गाउँपालिकामा लाखौंको बाली नष्ट गरेको छ ।
सोमबार दिउँसो परेको असिनापानीले पाक्नै लागेको गहुँ, जौ, आलु तथा अन्य तरकारी र फलफूल खेती नष्ट गरिदिएको हो । घर भित्र्याउने बेलामै असिनाले लाखौको क्षति गरिदिए पछि किसान चिन्तित भएका छन् ।


अन्नबालीका साथै फलफूल र तरकारी खेतीमा क्षति पु¥याएको काठेखोला गाउँपालिका–२ भीमापोखराका तेजु विकले जानकारी दिनुभयो ।
गाउँपालिका वडा नम्बर–२ भीमापोखराको सिम, वडा नम्बर–३ धम्जा सायकटेरा, वडा नम्बर–४ तग्राम फापर खेतमा परेको असिनापानीले पु¥याएको क्षतिको पूर्ण विवरण नआए पनि हिउँदे बालीको रुपमा लगाएको गहुँ र जौ बाली पूर्ण नष्ट काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिनुभयो ।


भित्र्याउनै लागेको अवस्थामा रहेको गहुँ र जौ बालीलाई असिनाले झारिदियो । यति धेरै क्षति हुने गरी असिना परेको अहिलेसम्म नदेखेको बताउँदै भीमापोखराका रामप्रसाद शर्माले भन्नुभयोे,’ असिनाले नष्ट गरेको बाली देख्दा मन रुन्छ । वर्षदिनसम्म खाने अन्न भित्र्याउने बेला सखाप पारिदियो । भीमापोखरा, धम्जा र तग्रामका चिन्तामा परेका छन् ।


के कति क्षति भयो अझै एकिन नभएपनि सयौ हेक्टरमा लगाइएको जौ, गहुँबालीका साथै तरकारी र फलफूल खेतीमा लाखौको नोक्सान भएको प्रमुख प्रशासकीय अधिकृत विकको भनाई छ । असिना करिब तीन फिट बाक्लो परेको छ । खेतबारी पुस माघमा परेको बाक्लो हिउँले ढाके जस्तै देखिन्छ ।

‘भित्र्याउने बेलाको अन्नबाली तथा तरकारीमा ठूलो क्षती पुगेको छ’ गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले भन्नुभयो–‘क्षतीको विवरण संकलन गरेर किसानहरुलाई सक्दो राहतको लागि पहल गछौँ ।’ गाउँपालिकाले गतवर्ष असिनाले आलु खेती नष्ट गरे पनि सम्बन्धी किसानहरुलाई आलुको विउ वितरण गरेको थियो ।


विवरण संकलन भए पनि गाउँपालिकाले प्रदेश र संघीय सरकारसँग राहतको लागि पहल गर्ने अध्यक्ष थापाको भनाई छ । ‘मन रुने गरी अन्नबाली नष्ट भएको उहाँले भन्नुभयो–‘किसानलाई सक्दो राहत वितरणमा कमी हुन दिन्नौँ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here