
राजेशचन्द्र राजभण्डारी
बागलुङ, ८ बैशाख ।
मानवीय सेवाको क्षेत्रमा काम गर्दै आएको बागलुङको मानव सेवा आश्रमलाई कामना सेवा बिकास बैंकले खाध्यान्न सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्वको भुमिका अन्तर्गत कामना सेवा बैंकका सबै कर्मचारीले एकदिनको तलबबाट मानव सेवा आश्रमको लागि करिब २२ हजार बराबरको चामल, नुन, चाउचाउ लगायतका खाध्य सामाग्री सोमबार आश्रमलाई हस्तान्तरण गरेको छ ।

कोरोनाले बिश्वलाई नै आक्रान्त बनाइरहेको समयमा थोरै भएपनि मलम लगाउन सहयोग पुगोस भनेर मानव सेवा आश्रमलाइ सहयोग गरेको कामना सेवा बिकास बैकका धौलागिरि क्षेत्र प्रमुख टंकनाथ लामिछाने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटाले मानव सेवा आश्रम धौलागिरिकै आशाको किरण भएपनि यतिबेला कोरोनाको जोखिमका कारणले बाहिर भएका ब्यक्तिहरूलाई आश्रममा राख्न असमर्थ भएको बताए । कतिपय बेला मानवीयता भएपनि रोग र संक्रमण भित्रीने डरको कारणले समस्या आउने गरेको अध्यक्ष बाँस्कोटाले बताए ।

मानव सेवा आश्रममा महिला, अपांग, जेष्ठ नागरिक, बालबालिका गरि ४२ जनाले आश्रय लिएर बसिरहेका छन् । आश्रम सामाजिक संघसंस्था समाजसेवी मानवीयता भएका ब्यक्तिहरूको आर्थिक, नैतिक र भौतिक सहयोगबाट संचालन भइरहेको मानव सेवा आश्रम बागलुङकी अभियन्ता सुमिरा लामाले बताए ।
कार्यक्रम संचालन कामना बिकास बैकका बागलुङ शाखा प्रबन्धक ध्रुब पौडेलले गरेका थिए ।
