कारोना भाइरस रोकथाम कोषमा काठेखोलाका शिक्षकहरुको १० लाख ७३ हजार सहयोग

बागलुङ, ६ बैशाख ।
काठेखोला गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोषमा शिक्षकहरुले १० लाख ७३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेका छन् ।
गाउँपालिका अन्तरगतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले चैत महिनाको तलबबाट केहि रकम सहयोग गरेका हुन् । कोषमा मा.वि तहको तलब भत्ता पाउने शिक्षकहरुले ५ दिन बराबर (१६.६६%) र आधारभुत तहको तलबभत्ता पाउने शिक्षकहरुको ३ दिन बराबर (१०%) तलब सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर विकले जानकारी दिनुभयो ।
उक्त कोषमा स्केल बमोजिमको तलब नभएका शिक्षकहरु र बालविकास केन्द्रका सहजकर्ता, विद्यालयका सहयोगी, लेखापाल आदिको तलब कटौती नगरिएको प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले जानकारी दिनुभयो ।
उक्त कोषमा गाउँपालिकामा कार्यरत कर्मचारीहरुले ५ दिन र ३ दिन बराबरको तलब कोषमा जम्मा गरेका थिए ।
उक्त कोषबाट कोरोना रोकथामको लागि स्वास्थ्य सामाग्रि खरिद र विपन्न गरिव परिवारलाई राहत वितरण गरिने गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । कोषमा स्थानिय व्यक्तिहरु सहित प्रवासमा रहेका नेपाली सहित संघसंस्थाहरुले सहयोग गरेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here