
बागलुङ, ४ बैशाख ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले बागलुङको काठेखोला गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोषमा सहयोग गरेका छन् ।
कोरोना भाइरस रोकथामको लागि स्वास्थ्य सामाग्री खरिद, विपन्न परिवारहरुलाई राहत वितरण गर्नको लागि गाउँपालिकाले स्थापना गरेको उक्त कोषमा बैंकका सिईओ शेरचनले १ लाख रुपैयाँ सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर विश्वकर्माले जानकारी दिए । बागलुङ बजारमा जन्मिएका शेरचन काठमाडौंमा हुनुहुन्छ ।
गाउँपालिकाले १० लाख रुपैयाँ राखि स्थापना गरेको उक्त कोषमा प्रदेश सरकारले ५ लाख सहित विदेशमा रहेका नेपाली र गाउँपालिका भित्रका संघसंस्था, व्यक्तिहरुले सहयोग गरिरहेका छन् । हालसम्म २५ लाख बढि रकम संकलन भइसकेको गाउँपालिकाले जनाएको छ ।
