काठेखोला गाउँपालिकाको राहत कोषमा कर्मचारीको सहयोग

बागलुङ, ३ बैशाख ।
काठेखोला गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोषमा कर्मचारीहरुले सहयोग गरेका छन् ।
गाउँपालिकाले कोरोना भाइरस रोकथामको लागि स्वास्थ्य सामाग्री खरिद, विपन्न परिवारहरुलाई राहत वितरण गर्नको लागि  स्थापना गरेको उक्त कोषमा गाउँपालिकाको कार्यालय र ८ ओटै वडामा कार्यरत २४ जना कर्मचारीले १ लाख १९ हजार ३ सय १ रुपैयाँ सहयोग गरेका छन् ।
गाउँपालिकामा कार्यरत अधिकृत तहका ८ जना कर्मचारीले ५ दिनबराबरको र सहायक स्तरका कर्मचारीहरु १६ जनाले ३ दिन बराबरको रकम राहत कोषमा जम्मा गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर विकले जानकारी दिनुभयो । उहाँले अधिकृतहरुले आफ्नो तलबको १६.६६ प्रतिशत रकम र सहायक स्तरका कर्मचारीहरुले १० प्रतिशत तलब राहत कोषमा जम्मा गरेको बताउनुभयो ।
उक्त कोषमा गाउँपालिकामा कार्यरत रहेका करारका कर्मचारी र स्तरअनुसारको तलब नभएका अन्य कर्मचारीहरुको रकम जम्मा गरिएको छैन । यस्तै गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको तलब पनि राहत कोषमा जम्मा गरिएको छैन ।
शिक्षकहरुको तलब निकासा नभएकोले अहिले राहत कोषमा सहयोग नभएको प्रमुख प्रशासकिय अधिकृत विकले जानकारी दिनुभयो । उहाँले शिक्षकहरुको तलब निकासा हुँदा राहात कोषमा रकम जम्मा गरिने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here