
बागलुङ, १ बैशाख ।
काठेखोला गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोषमा वडा नम्बर ७ रेशका संघसंस्था र व्यक्तिहरुले १ लाख ९ हजार रुपैयाँ सहयोग गरेका छन् ।
काठेखोला–७ रेश वडा कार्यालय र विपद व्यवस्थापन समितिको विशेष पहलमा राहत कोषलाई सहयोग संकलन भएको रेशका वडाअध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।
कोषमा वडाअध्यक्ष प्रेम लामिछानेले १० हजार, कार्यपालिका सदस्य चित्रकुमारी थापा, वडा सदस्यहरु कृष्ण थापा, रुपा किसान, मुक्तिराम थापाले समान ५–५ हजार सहयोग गर्नुभएको छ । यस्तै चित्रे सामुदायिक वन उपभोक्ता समूहले १५ हजार, ओडानडाडा सामुदायिक सिकाई केन्द्रले ११ हजार, साना किसान कृषि सहकारी संस्था लिमिटेडले १० हजार, साघुखोला रातामाटा सामुदायिक वन उपभोक्ता समितिले ७ हजार, डोटा देउराली सामुदायिक होमस्टेले ६ हजार रुपैयाँ सहयोग गरेका छन् ।
यस्तै उक्त कोषमा कुलपाटा सामुदायिक वन उपभोक्ता समितिले १० हजार, बैनथान आत्मनिर्भर महिला समूहले ६ हजार, रेश नुनथला माविका प्रधानाध्यापक ओम बहादुर थापाले ५ हजार, सरस्वती आत्मनिर्भर महिला समुहले २ हजार , वडा कार्यालयका कर्मचारीहरुबाट ५ हजार र विष्णु गौतमले २ हजार रुपैयाँ सहयोग गर्नुभएको गाउँ कार्यपालिका सदस्य टिका संगम विकले जानकारी दिनुभयो ।
गाउँपालिकाले १० लाख रुपैयाँ जम्मा गरेर स्थापना गरेको कोषमा विभिन्न संघसंस्था, व्यवसायी, व्यक्तिहरुले सहयोग गरिरहनु भएको छ ।
