
अर्जुन कार्की
बागलुङ, २३ चैत ।
काठेखोला गाउँपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा प्रवासी नेपालीहरुले साथ दिएका छन् ।
गाउँपालिकाले १६ चैतमा स्थापना गरेको कोरोना रोकको रोकथाम र व्यवस्थापन कोषमा विदेशमा रहेका काठेखोलाबासीहरुले सहयोग सुरु गरेका हुन ।
गाउँपालिकाले १० लाख रुपैयाँ राखेर स्थापना गरेको कोषमा विदेशमा रहेका नेपालीहरुले उत्साह जनक रुपमा सहयोग गरेकोे गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।

गाउँ कार्यपालिकाको अनलाईन मार्फत बसेको बैठकले कोषको स्थापना गरि अन्य संघ, संस्था, व्यक्तिहरुलाई अपिल गरेको थियो ।उक्त कोषमा गाउँपालिकाको बाहेक संघ संस्था र व्यक्तिबाट ४ लाख रुपैयाँ संकलन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिनुभयो ।
कोषमा आदर्श संचार सहकारी संस्था लिमिटेडले ५० हजार, काठेखोला–२ घरभई हाल लन्डन निवासी रत्न थापा मगरले ५० हजार, काठेखोला–२ भीमापोखरा घरभई हाल लन्डन निवासी महेन्द्र केसीले ५० हजार, काठेखोला–२ भीमापोखरा घरभई हाल लन्डन निवासी दिर्घ केसीले ५० हजार, काठेखोला–२ भीमापोखरा घरभई हाल लन्डन निवासी ढालिन्द्र केसीले ५० हजार, काठेखोला–४ तंग्राम घरभई हाल बेलायत निवासी भक्त बहादुर थापाले ५० हजार, काठेखोला–४ तंग्राम घरभई हाल बेलायत निवासी युवराज थापाले ५० हजार र बेल्जियम निवासी काठेखोला–४ तंग्रामका पूर्व गाविस अध्यक्ष राजु थापाले ५० हजार रुपैयाँ सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत विश्वकमाले जानकारी दिनुभयो ।

उहाँले उक्त कोषमा सहयोग गर्ने संघ, संस्था र व्यक्तिहरुको संख्या बढ्दो रहेको बताउँदै सहयोग गर्न चाहनेहरुलाई नेपाल बैंकमा रहेको काठेखोला गाउँपलीकाको कोरोना रोग रोकथाम तथा व्यवस्थापन कोषको खाता नं. ०२२००१०६८३३२५८०००००१ मा जम्मा गरिदिन सक्ने बताउनुभयो ।
उक्त कोषको रकमले औषधि, उपकारण, स्वास्थयकर्मीका लागि सुरक्षाका सामाग्री, श्रमिक तथा असहायका लागि राहत वितरण सहित माक्स, सेनिटाइजर, साबुन, सरसफाई सम्बन्धी सामाग्री खरिद गरिने प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले जानकारी दिनुभयो ।

