बागलुङ, २२ चैत ।
सरकारले मुलुक ‘लकडाउन’ गरे पछि दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका मजदुर काम विहिन हुँदा समस्यामा परेका मजदुर परिवारलाई बागलुङ नगरपालिका–१ को वडा कार्यालयले राहत दिन थालेको छ ।
वडा कार्यालयले तथ्याङ्गक संकलन गरि बानपा–१ का विपन्न परिवार, भाडा गरि बस्ने मजदुर र कालिका भगवती मन्दिर परिसरमा भिक्षा मागेर बस्ने जोगीहरुलाई शनिबारबाट राहत प्रदान सुरु गरिएको छ । वडा कार्यालयले पहिलो चरणमा १८ जना जोगिहरुसहित १ सय ६० विपन्न परिवारलाई राहत उपलब्ध गराउन लागेको वडाअध्यक्ष दुर्गे सार्कीले जानकारी दिनुभयो ।
उहाँले देशमा लकडाउन हुँदा मजदुरी गर्ने परिवारहरु र भिक्षा मागेर बस्ने जोगीहरुको दैनिकी नचलेको भन्दै खाद्यान्न उपलब्ध गराएको बताउनुभयो । शनिबार १२ जना जोगि सहित ४० घरपरिवारलाई राहत वितरण गरिएको वडा सदस्य सुर्य लामिछानेले जानकारी दिनुभयो । बाँकी ६ जना जोगि र अन्य घरपरिवारलाई आईतबार राहत वितरण गर्ने वडा सदस्य लामिछानेले बताउनुभयो ।
वडा कार्यालयले चामल प्रति व्यक्ति ५ केजीको दर र प्रति घरधुरी १ दाल केजी, १ पोका तेल, १ केजी नुन, १ ओटा सावुन वितरण गरेको छ । वडाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र सरोकारवालाहरुको बैठकले राहतको प्याकेज निर्धारण गरेको थियो ।
राहतको लागि बागलुङ नगरपालिकाले १ लाख ७५ हजार रुपैयाँ सहित बानपा–१ का व्यवसायीहरुले सहयोग गरेका छन् । रामरेखाका लक्ष्मण श्री परियारले १० बोरा चामाल, दिनेश बोहोराले ४ बोरा चामाल, ४ किलो दाल, ५ पोका तेल र राहुल बोहोराले ४ बोरा चामाल सहयोग गरेको वडा सदस्य लामिछानेले जानकारी दिनुभयो ।