तंग्राममा आमा समुहको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान

बागलुङ, ९ चैत ।
बागलुङको काठेखोला गाउँपालिका-४ तंग्राम बाउनथानकी एक महिलाले आमा समूहको भवन निर्माणको लागि निःशुल्क जग्गा प्रदान गर्नुभएको छ ।
बाउथान ममता आमा समूहको भवन निर्माणका लागि सोही ठाउँकी भूमि पुनले पाँच लाख बराबर मूल्य पर्ने चार आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।
नजिकका सामुदायिक जग्गा नभएको कारण आमा समूहको भवन निर्माणका गर्न सहयोग गरेको जग्गा दाता पुनले बताउनुभयो । । जग्गादाता पुनलाई आमा समूहले एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
उहाँलाई वडा सदस्य टिकाराम पुनले दोसल्लाह ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै वडा सदस्य पुनले समाजको विकासका लागि सबैले योगदान गर्नुपर्ने बताउनुभयो ।
आमा समूहकी अध्यक्ष बौलनी पुनको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी भिम विकले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम हिरा विकको स्वागत र सिर्जना गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here