
बागलुङ, ६ चैत ।
बागलुङ बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ७७ हजार ५ सयमा कारोबार भएको सुन आज १५ सय रुपैयाँले घटेको बागलुङ सुन चाँदी व्यवसायी संघले जनाएको छ । आज बिहिबार छापावाल सुन प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला ७५ हजार ७ सय कायम गरिएको छ । आज चाँदी तोलाको ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।
