घट्यो सुनको मुल्य, बागलुङमा तोलाको ७९ हजार ५ सय

बागलुङ, ३० फागुन ।
साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ह्वातै घटेको छ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ हजारले घटेको हो ।
हिजो बिहीबार ८२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज शुक्रबार प्रतितोला ७९ हजार ५ सयमा कारोबार भइरहेको बागलुङ सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ७९ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै,चाँदीको मुल्यमा पनि गिरावट आएको छ । चाँदी बिहीबारको तुलनामा ४० रुपैयाले घटेर प्रतितोला ९ सय २० रुपैयामा कारोबार भइरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here