
बागलुङ, २९ फागुन ।
केहि दिनदेखि एकहोरो रुपमा बढेको सुनको मुल्य आज (बिहिबार) घटेको छ । बुधबार बागलुङ बजारमा ८३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य बिहिबार (आज) ८२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बागलुङ सुनचाँदी व्यवसायी संघका अनुसार छापावाला सुन प्रतितोला ८२ हजार ५ सय र तेजावी सुन प्रतितोला ८२ हजार २ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।
यस्तै असली चाँदी प्रतितोला ९ सय ६० रुपैयाँमा कारोबार भएको छ ।
