
बागलुङ, २८ फागुन ।
नेपाली बजारमा पहेंलो धातु सुनको मुल्य घटबढ भइरहेको छ । मंगलबार नयाँ रेकर्ड कायम गरेको सुनको मुल्यमा आज चार सय रुपैयाँ घटेको छ ।
बागलुङ बजारमा आज (बुधबार) सुन प्रतितोला ८३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बागलुङ सुनचाँदी व्यवसायी संघका अनुसार छापावाला सुन प्रतितोला ८३ हजार ३ सय र तेजावी सुन प्रतितोला ८३ हजार रुपैयाँमा कारोबार भएको जनाएको छ ।
यस्तै असली चाँदी प्रतितोला ९ सय ८० रुपैयाँमा कारोबार भएको छ ।
