
बागलुङ, १८ फागुन ।
जिल्ला अदालत बागलुङको नवनिर्मित भवन शनिबार उद्घाटन गरिएको छ ।
७ करोड ५५ लाख ५६ हजारको लागतमा निर्माण भएको तीन तलाको सुविधा सम्पन्न भवनको सर्वोच्च अदालतका प्रधानन्यायधिस चोलेन्द्र शम्शेर जबराले उद्घाटन गर्नुभएको हो ।

२०७२ फागुन २४ गते तत्कालिन प्रधानन्यायधिस कल्याण श्रेष्ठले ४ रोपनी ३ अना जमिनमा शिलन्यास गरि २०७५ फागुन सम्म सम्पन्न गर्ने गरी बि.एन. कन्ट्रक्सन जेभीसँग १० करोड ४० लाखमा ठेक्का सम्झौता गरेको थियो ।
भवन निर्माणको क्रममा तीन तले भवनमा लिफ्टको सेवा राखिएपछि विवाद उत्पान भई विचमा निर्माण ठप्प हुँदा दुई पटकसम्म ६/६ महिनाको समय थप गरि निर्माण सम्पन्न भएको जिल्ला अदालतका मुख्य न्यायधिश बासुदेव न्यौपानेले बताउनुभयो ।

२७ कोठा रहेको भवनमा अपाङ्ग र सवै पक्षलाई सहज हुनेगरि निर्माण गरिएको छ । सुविधा सम्पन्न भवनमा दुईवटा न्यायधीस च्याम्बर कक्ष, सुविधा सम्पन्न इजालश कक्ष, व्यवस्थित पार्किङ सुविधा, अपाङ्गमैत्री भवन, बगैचा, तारबार, छुट्टै हिरासत कक्ष, विषयगत मुद्दा फाँट र सार्वजनिक शौचालय जस्ता संरचना निमाृण गरिएको छ ।
बा.न.पा.–३ गुठीस्थित भाडाको घरबाट सेवा प्रदान गर्दै आएको जिल्ला अदालत बागलुङले बा.न.पा.–२ रुद्रेपिपलमा भवन निर्माणपछि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सुचारु गरेको मुख्य न्यायधिश न्यौपानेले जानकारी दिनुभयो ।

मुख्य न्यायधिश न्यौपानेले अदालतमा ३३ जनाको दरबन्दी भएपनि अहिले २९ जनामात्र कर्मचारी रहेको जानकारी दिनुभयो । दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाह समस्या भएको न्यौपानले जानकारी दिनुभयो ।
उक्त भवनको उद्घाटन पछि बोल्दै प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जबराले न्यायपालिकाको काम कारवाहीको सन्दर्भमा उठ्ने गरेको चासो सरोकार र टिप्पणीलाई सम्बोधन गरि न्यायिक सुसाशन कायम गर्न अग्रसर रहने बताउनुभयो ।
न्यायधिश जबराले काममा ढिला सुस्ती, अनियमितता कुनै मानेमा पनि क्षम्य नहुने बताउँदै सेवाग्राहीलाई अनावश्यक दुःख वा हैरानी कसैबाट पनि गर्न नहुने बताउनुभयो । उहाँले न्यायपालिकाको स्वायत्तता र निष्पक्षता आच आउन नहुने बताउनुभयो । 
राणाले अदालत लगायत सम्पूर्ण न्यायिक क्षेत्रको सुधार एक्लो प्रयास बाट मात्र असम्भव हुनले सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । नयाँ भवनले सेवाग्राहीले सेवाग्राहीलाई सन्तुष्टि दिलाउन सक्नुपर्छ उहाँले भन्नुभयो– ‘तबमात्र नयाँ भवनको सार्थकता रहने छ ।’
अदालतमा अब बहस गर्नका लागि अडियो र भिडीयोको माध्यमबाट बहस गर्ने वातावरण बनाउने आफु लागि परेको उहाँको भनाई । ‘अब लगत्तै देशभरका २५ जिल्ला अदालतमा हामीले कम्प्युटर अभिलेख सुरु गर्छौं, यसले गर्दा सेवा प्रवाहमा सहजता हुनेछ,’ उहाँले भन्नुभयो, ‘फाईलहरु हराउने समस्या पनि हट्नेछ ।’

उद्घाटन कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार निर्पराज निरौला, संघिय सांसद डा. सूर्य पाठक, न्यायधीस मोहन कार्की, बागलुङ नगरप्रमुख जनकराज पौडेल, निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्त, उच्च अदालत पोखरा बागलुङ ईजलास बार एसोसिएसनका अध्यक्ष हरिप्रसाद शर्मा र वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उच्च अदालत पोखरा बागलुङ ईजलासका मुख्य न्यायाधिस यज्ञप्रसाद बस्यालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत जिल्ला न्यायधिस बासुदेव न्यौपाने र सञ्चालन जिल्ला अदालत बागलुङका श्रेष्तेदार भेषराज पौडेलले गर्नू भएको थियो ।
