चार सहकारीको एकीकृत साधारणसभा

बागलुङ, १२ माघ ।
बागलुङ सदरमुकाममा संचालित चार वटा सहकारीहरुको एकीकरण पछि शनिबार प्रथम एकीकृत साधारणसभा सम्पन्न भएको छ ।
गण्डकी प्रदेश कै पुरानो कालिका सहकारी संस्था, हाम्रो धौलागिरि बचत तथा ऋण सहकारी संस्था, जनता संचार सहकारी संस्था र आदर्श नमुना बचत तथा ऋण सहकारी बिचको एकीकृत साधारणसभा सम्पन्न भएको हो ।
एकीकरण भए पछि निर्माण भएको कालिका सहकारी संस्थाको साधारणसभा गरिएको हो । प्रथम एकीकृत साधारणसभाको बचत तथा ऋण सहकारी संघका केन्द्रिय अध्यक्ष परितोष पौडेलले उद्घाटन गर्नु भएको थियो ।


सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले सहकारीको बिकास र प्रवद्र्धनक ालागि निस्कृय आम्दानीलाई परिचालन गरि उद्यमशिलताको बिकास गर्नुपर्ने जोड दिनुभयो । संचार र प्रवृद्धिका कारण बिश्व साँघुरो बनिरहेको उल्लेख गर्दै पौडेलले सहकारीमा पनि प्रबृद्धिको अधिकतम प्रयोग गर्दै सम्मृद्धिको यात्रा तय गर्न आवश्यम रहेको बताउनुभयो ।
साधारणसभामा संबिधान सभाका सदस्य तथा पुर्व उर्जा राज्यमन्त्री रामजी प्रसाद शर्मा, गण्डकी प्रदेश सभाका सांसद इन्द्रलाल सापकोटा, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, हाम्रो धौलागिरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णराज शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, कालिका सहकारी संस्थाका अध्यक्ष शंकर खड्का, जनता संचार सहकारीका उपाध्यक्ष हरिनारायण गौतम, आदर्श नमुना बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार बालकृष्ण शर्मा, सल्लाहकार डाक्टर रामप्रसाद उपाध्याले बोल्नुभएको थियो ।
४ वटा सहकारी बिच एकीकृत भएपछि शेयर पुँजी ४ करोड ७१ लाख ८५ हजार ६ सय रूपैयाँ बचत ७५ करोड ६८ लाख ७९ हजार ३१ रूपैयाँ रहेको सहकारीका कोषाध्यक्ष रेशमलाल सापकोटाले जानकारी दिनुभयो । सहकारीको लगानी ९३ करोड ६९ हजार ७ रूपैयाँ र शेयर सदस्य ६२१ जना रहेको सापकोटाले बताउनुभयो ।


एकीकृत साधारणसभाले हिमाल शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ । सहकारीको संरक्षकमा कृष्णराज शर्मा, उपाध्यक्षमा राजेशचन्द्र राजभण्डारी, सचिव भुपाल चालिसे, सह–सचिव जीवननाथ शर्मा, कोषाध्यक्षमा रेशमलाल सापकोटा, सदस्यमा हरिनारायण गौतम, शालिकराम शर्मा, यमुना शर्मा, श्यामप्रसाद शर्मा, सुदीप कँडेल र धनबहादुर कार्की चयन हुनुभएको छ ।
सहकारीको सल्लाहकारमा रामजी प्रसाद शर्मा, इन्द्रलाल सापकोटा, शंकरबहादुर खड्का, प्रध्यापक डाक्टर रामप्रसाद उपाध्याय, मुरारीदत्त शर्मा, कविद्र प्रसाद शर्मा, श्रीप्रसाद शर्मा, बालकृष्ण शर्मा र निर्मल सापकोटा रहनुभएको छ ।
सहकारीको लेखा समितिको संयोजकमा राजकुमार पौडेल, सदस्यमा बद्री ढुंगाना, प्रेम केसी, ऋण उपसमितिको संयोजकमा भुपाल चालिसे, सदस्यमा भरत शर्मा र भवदत्त शर्मा चयन हुनुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here