विद्यामन्दिर माविका २ सय २५ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण

52

बागलुङ, २४ पुस ।
विद्यामन्दिर माध्यमिक विद्यालयमा २ सय २५ जना विद्यार्थीहरुलाई छात्रावृति वितरण गरिएको छ ।
बागलुुङ नगरपालिका– ३ स्थित विद्यामन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्म अध्ययनरत दलित छात्राछात्र र कक्षा ८ सम्मका छात्रा र जेहेन्दार विद्यार्थीलाई छात्रावृति वितरण गरिएको हो ।
विहिवार विद्यालयमा अध्ययनरत २ सय २५ जना विद्यार्थीहरुलाई १ लाख ५३ हजार बराबरको छात्रावृति वितरण गरिएको र बाँकी रहेका विद्यार्थीलाई पछि वितरण गर्ने प्रधानाध्यापक शान्तमणि ढकालले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here