बागलुङ, २३ पुस ।
एनआईसी एशिया बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुलाई मध्येनजर गरेर ‘न्यू सुपर चमत्कारिक बचत खाताहरु’ सार्वजनिक गरेको छ ।
बैंकको बागलुङ शाखाले बुधबार पत्रकार सम्मेलन मार्फत चमात्कारिक निक्षेप योनजना सार्वजनिक गरेको हो ।
बैँकले बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनैपनि बैंकको एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने, लगायतका ३० चमत्कारिक फाइदाहरु सहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको हो ।
नयाँ योजना अन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्ने उपप्रदेशिक शाखा प्रमुख शंकर केसीले जानकारी दिनुभयो ।
यस सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि १० लाख सम्मको बीमा सुविधा र १ लाखसम्मको औषधि उपचार बीमा सुविधा प्राप्त गर्ने बैकका उपप्रदेशिक शाखा प्रमुख केसीको भनाई छ ।


औषधि उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्ना वापत ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्ने जनाइएको छ ।
सबै स्थानिय तहमा ग्राहकलाई उपयुुक्त चमत्कारिक बचत खाता, नारी बचत खाता, बाबुु नानी बचत खाता, जेष्ठ नागरिक बचत खाता, चमत्कारिक विद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता, मुुद्धति निक्षेष खाता , वैदेशिक रोजगार बचत खाता सहज बचत खाता, तलब बचत खाता सहितको खाता संचालन हुने छ ।
तीन वर्ष अघि बागलुङमा शाखा विस्तार गरेको बैकको सात हजार ग्राहक रहेका छन । बैकले ५० करोड ऋण लगानी गर्न सफल भएको छ । देशभर यस बैङ्कले ३ सय १३ वटा शाखा कार्यालय , ४ सय ८ वटा एटियम र १ सय ३ वटा एक्स्टेन्सन काउण्टर एवम ४५ वटा शाखारहित बैकिङ सेवा प्रदान गर्दै आएको छ ।
चमत्कारिक बचत योजना अन्तर्गत सुुन तथा चाँदीका सिक्काहरु प्रदान गर्ने योजनाका साथ चमत्कारिक नारी बचत योजना , योजना घरमै बैकिङ सुुविधा प्रदान गर्न सक्ने सुविधा तथा कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना रहेका छन ।
कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले बोल्नुुभएको थियो । कार्यक्रम एनआइसी एशिया बैङ्कका गण्डकी प्रदेशिक शाखाका शंकर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here