जन्मभूमीबाट उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

66

बागलुङ, ११ पुस ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जन्मभूमिबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गृह जिल्ला बागलुङमा शुक्रबारबाट आयोजित छैटौं बागलुङ महोत्सवको उद्घाटन समारोहमा बोल्दै ढकालले आगामी चैतमा हुने महासंघको चुनावमा आफूले बरिष्ठ उपाध्यक्षमा उठ्ने बताएका हुन् ।
ढकालले उद्योग बाणिज्य संघ बागलुङको प्रस्तावकमा उम्मेदवारी घोषणा गरेका हुन् । ढकालले आफु उपाध्यक्ष पदमा रहिरहँदा देशभरका सवै क्षेत्रमा डुलेको र त्यहाँको सम्भावनाको बारेमा जानकारी पाएकोले त्यसको विकासको लागि आफुले उम्मेदवारी घोषणा गरेको बताए । उनले नेपालभरका उद्योग बाणिज्य संघहरुको सल्लाहमा आफुले उम्मेदवारी दिएको पनि जानकारी गराएका थिए ।
ढकाल हाल एसोसिएट तर्फका उपाध्यक्ष हुन । तीन वर्ष अघि भएको निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।
महासंघमा बरिष्ठ उपाध्यक्ष स्वत महासंघको अध्यक्ष हुने प्रावधान रहेको छ ।
ढकाल सेवामुलक उद्योग, पर्यटन उद्योग, बैङ्क तथा वित्तीयमा अगुवा आईएमई ग्रुपमा अध्यक्ष समेत हुन् ।
कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड दुर्स, स्वारीसाधन तथा केबुलकारको क्षेत्र लगायत दुई दर्जन भन्दा बढी व्यवसायमा लगानी रहेको छ ।
लगानी बोर्डका आमन्त्रित सदस्य रहेका छकाल सन् २०१० देखि नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत रहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here