
बागलुङ, ११ पुस ।
नेपालका सफल व्यवसायिहरूले बागलुङमा लगानीमैत्रि वातावरण तयार भए निजी क्षेत्रले लगानि गर्न तयार रहेको बताएका छन् ।
जिल्लामा लगानी भित्राउने उद्देश्यका बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा भएको ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक लगानी सम्मेलनमा सहभागी व्यावसायिले उद्योग संचालनको लागि जग्गा उपलब्ध, दर्तामा सहजता, आधारभुत पुर्वधार, तथा कर समायोजनका विषयमा सरकारले ध्यान दिनु पर्नेमा जोडदिए ।

सम्मेलनमा व्यवसायीहरुले स्थानीय तह, प्रदेश सरकार एवं स्थानीयबासीको सहयोग मिलेमा बागलुङमा लगानी गर्न तयार रहेको बताएका छन् । उनिहरूले बागलुङमा ठुला होटल, सुपर मार्केट, कृषि उपजको परसोधन तथा ब्राण्ड तयार गर्ने ईच्छा व्यत्त गरे ।
सम्मेलनमा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले सरकारको नीतिबाट निर्देशित भएर विधि निर्माण गर्ने भएकाले प्रदेशको विकासका लागि काम गरिरहेको बताउनुभयो । उहाँले हरेक व्यवसायीले धैर्य गरेमात्र प्रतिफल प्राप्त गर्न सकिने भएकाले पनि लगानी गर्दा दीर्घकालिन सोचका साथ गर्न आग्रह गर्नुभयो ।

‘सरकारले रातारात परिवर्तन गर्न सक्दैन, एक वर्षमा प्रतिफल पाउन धान रोप्नुपर्छ, उद्योगमा लगानी गरेपछि प्रतिफल पाउन समय लाग्छ ।’ गुरुङले भन्नुभयो । अहिले प्रदेशको सम्भावनालाई उजागर गर्दै पर्यटन, जलविद्युत, कृषि लगायतको क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष तथा व्यवसायी शेखर गोल्छाले नेपालमा भएका विभिन्न घटनाका कारणले गर्दा लगानी गर्ने वातावरण नभएकाले पनि निर्यात भन्दा आयात बढी भएको बताउनुभयो । कृषकलाई पनि बढी प्रतिफल दिनुपर्ने बताउदैँ उत्पादन बढाउन आवश्यक रहेको भनाई राख्नुभयो ।

यस्तै ग्लोबन आईएमी बैँकका अध्यक्ष चन्द्र ढकालले पर्यटनको क्षेत्रमा पनि सम्भावना बोकेको क्षेत्र बागलुङ भएकाले यस क्षेत्रमा लगानी गर्न सकिने बताउनुभयो । आफ्नै जिल्ला भएकाले पनि बागलुङमा केही गर्ने योजना समेत बनाएका ढकालले बाहिरी लगानी जिल्लामा भित्राउनका लागि स्थानीय तथा प्रदेश सरकारले साथ दिनुपर्ने बताउनुभयो ।
भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङले जिल्लाका व्यवसायीहरुलाई आम्दानी बढाउने उपायका बारेमा जानकारी गराउनुभएको थियो । व्यवसाय सुरु गरेपछि सरसफाईमा ध्यान दिनुपर्ने, राष्ट्र प्रति जिम्मेवार बन्नुपर्ने र कडा परिश्रम गर्नुपर्ने सुझाव राख्नुभएको थियो ।

सरकारले काम गर्ने वातावरण बनाएमा बागलुङमा पनि छिट्टै भाटभटेनी सञ्चालन गर्ने गुरुङले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँकोले जग्गा उपलब्ध भएको दस महिनामा भाटभटिनि संचालन गर्न सकिने बताउनुभयो । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षतामा भएको सम्मेलनको सहजिकरण प्रभु बैँकका सिइओ अशोक शेरचनले गर्नुभएको थियो ।
