धम्जाका ६ सय ६२ घरधुरीलाई आलुको विउ वितरण

बागलुङ, ४ मंसिर ।
बागलुुङको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाका कृषकहरुलाई आलुुको विउ वितरण गरिएको छ । धम्जाका ६ सय ६२ घर धुुरीलाई बुुधवार एक कार्यक्रमका विच आलुुको विउ वितरण गरिएको हो ।
आलुु उत्पादन हुुने समयमा पटक पटक परेको हिउँ र असिनाका कारण आलुु उत्पादनमा कमी आउनुुका साथै विउ नै उत्पादन हुुन नसकेपछि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा बिउ बितरण गरिएको हो ।


मन्त्रालयको ५ लाख र गाउँपालिको १ लाख ८५ हजारको सहयोगमा वडाका प्रतिघर परिवारलाई १५ केजीका दरले विउ वितरण गरिएको वडा सचिव दिपेन्द्र थापाले जानकारी दिनुुभयो । बागलुुङको ढोरपाटन र ताराखोलाबाट आलुुको विउ खरिद गरेर वितरण गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रम बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुुर थापाले गाउँपालिकालाई कृषि क्षेत्रवाट पनि परिचित बनाउनका लागि बिभिन्न योजना बनाएर अगाडि बढिरहेकाले कृषकले पनि सोही अनुसार सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य टिकासंगम विक लगायतले बोल्नुुभएको थियो ।


कार्यक्रम काठेखोला गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष यामबहादुुर श्रीसको अध्यक्षता, वडा सदस्य खुुमबहादुुर भण्डारीको स्वागत र सचिव दिपेन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here