कालीगण्डकी करिडोरको उच्चस्तरिय टोलीद्वारा अनुगमन

बागलुङ, २३ कार्तिक ।
कालीगण्डकी करिडोर सडक अन्तरगत बागलुङ खण्डको शनिबार नेपाल सरकारका उच्च स्तरिय व्यक्तिहरुले अनुगमन गरेका छन् ।
कालिगण्डकी करिडोर अन्तरगत नेपाली सेनाले स्तरोन्नती गरिरहेको माल्ढुङ्गा–बलेवा ९ किलोमिटर सडक खण्डको नेपाल सरकारका भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की, रक्षा मन्त्रालयका सहसचिव जितबहादुर सुनार, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, सडक डिभिजन मन्त्रालयका महानिर्देशक केशवकुमार शर्मा, नेपाली सेनाका सहरथि, निर्माण निर्देशानलयका प्रमुख रामधर सिंह, बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, बागलुङ नगरपालिकाका नगरप्रमुख जाकराज पौडेल सहितको टोलीले अनुगमन गरेको हो ।


नेपाली सेनाले चालु आर्थिक वर्ष २०७६÷०७७ मा सम्पन्न गर्ने गरि बागलुङको ९ किमि (मालढुंगा–बलेवा) सडक खण्ड १० मिटरको चौडा गर्ने काम गरिरहेको छ ।
२०७० सालमा नेपाली सेनाले कालिगिण्डकी करिडोरको काम सुरुवात गरेको थियो । श्री कालिगण्डकी करिडोर सडक निर्माण कार्यदलको निर्माण गरि काम सुरु गरेको नेपाली सेनाले गुल्मीको रिडी–पालुङ्गखोला हुँदै बागलुङको मालढुङ्गासम्मको ८० किलोमिटर सडक निर्माणको ट्रयाक खोल्ने काम सम्पन्न गरेको थियो ।
नेपाली सेनाले गत आ.व.सम्ममा कालिगण्डकी करिडोरको ३५ किमि सडक खण्डमा १० मिटर चौडा गर्ने स्तरोन्नती गर्ने काम सम्पन्न गरि ५ खोलामा बेलिवृज जडान गरेको श्री कालिगिण्डकी करिडोर सडक निर्माण कार्यदल बागलुङका प्रमुख रेश्मीराज भट्टराईले जानकारी दिनुभयो । यस्तै उक्त सडक खण्डको ३५ कि.मि. मध्ये ७ कि.मि. (रिडी–रुद्रवेनी) सडक खण्ड समेत हस्तान्तरण गरिगरिसकेको र २८ किमि सडक हस्तान्तरणको तयारीमा रहेको नेपाली सेनाले जनाएको छ ।
सेनाले अहिले बाँकी रहेको ४५ किमि सडख खण्ड मध्ये ३० किमि सडक खण्ड स्तरोन्नति गर्ने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ ।


सेनाले जिम्मा पाएको कालिगण्डकी करिडोरको गुल्मी स्थित रुद्रवेनी–अर्वेनीको १९ किमि खण्ड र बागलुङको मालढुङ्गा–बलेवाको ९ किमि खण्डमा अहिले १० मिटर चौडा गर्ने काम भइरहेको छ । सेनाले बार्षिक कार्यक्रम अनुसारको ३० किमि सडक समयमै सम्पन्न गरि बजेट विनियोजित भएमा र परिस्थिति अनुकुल भएमा बाँकी रहेको १० किमि सडक खण्ड समेत यसै आवमा सम्पन्न गरी हस्तान्तरण गर्न सक्ने जनाएको छ ।
अनुगमनपछि भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले कालिगण्डकी करिडोरमा नेपाली सेनाको काम प्रशंसा योग्य रहेको बताउनुभयो । सचिव कार्कीले करिडोर समयमै सम्पन्न हुनेमा कुनै शंका नरहेको बताउँदै सेनालाई बाँकी रहेको बाँकी सडक खण्ड समेत सेनाले बनाउने भएमा जिम्मा दिन तयार रहेको समेत घोषणा गर्नुभएको थियो । उहाँले समयमै काम सम्पन्न गर्ने योजना ल्याउनको लागि सेनालाई अनुरोध गर्दै उक्त सडक समेत बनाउनको लागि योजनाका साथ लाग्न अनुरोध गर्नुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here