लायन्स क्लवले संस्कृत विद्यालयमा फर्निचर सहयोग

बागलुङ, ४ असोज ।
लायन्स क्लव अफ बागलुङले मुत्तिनाथ वेद विद्याश्रम संस्कृत विद्यालय फर्निचर सहयोग गरेको छ ।
बागलुङ नगरपालिका ४ कुडुले स्थित वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालय तिरुपति वालाजीधाममा लायन्स क्लव अफ बागलुङले ५० हजार बराबरको फर्निचरका सामान सहयोग सहयोग गरेको छ ।
सामाजिक तथा दुखी गरिवीलाई सहयोग गर्ने उदेश्यले स्थापना भएको लायन्स क्लव अफ विभिन्न देशहरुमा भएको र क्लवले पनि बागलुङको विभिन्न सामाजिक क्षेत्रमा सहयोग पु¥याउने उदेश्यले संस्कृत विद्यालयले टेबल, प्लाष्टिकका कुर्ची, ¥याक लगायतका सामान सहयोग गरेको हो ।
कार्यक्रममा लायन्स क्लव अफ बागलुङका वरिष्ठ सल्लाहकार काजिमान गुरुङले लायन्स क्लव अफ जहाँ आपत विपत पर्छ त्यहाँ सहयोग गर्ने उदेश्यले क्लवको स्थापना विभिन्न मुलुकहरुका स्थापना भएको जानकारी दिनुभएको थियो ।
यसैंविच वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्ती ज्ञवालीले धौलागिरी अञ्चलमा नै एक मात्र संस्कृत विद्यालय भएकाले संस्कृत बचाउनका लागि सवैले साथ आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा लायन्स क्लवका एओजि भरत शर्मा, जोन चेरपरसन युुक्त प्रसाद सुवेदी, लायन्स क्लव अफ कालिगण्डकीका अध्यक्ष गोविन्द क्षेत्री, लायन्स क्लव अफ कालिकाका अध्यक्ष बलबहादुर थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम लायन्स क्लव अफ बागलुङका अध्यक्ष विकास पौडेलको अध्यक्षता, प्रथम उपाध्यक्ष केशव सापकोटाको स्वागत र सचिव ईश्वरलाल राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here