प्रहरीलाई बैकर्स बागलुङले दियो साइकल

अर्जुन कार्की
बागलुङ, २७ भदौ ।
बैकर्स बागलुङले जिल्ला प्रहरी कार्यालयलाई शान्ती सुरक्षाको गस्तीको लागि भन्दै साइकल हस्तान्तरण गरेको छ ।
शुक्रबार बैकर्स बागलुङले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपि नवराज भट्टलाई ४८ हजार रुपैयाँका ६ ओटा साइकल हस्तान्तरण गरेको हो ।
बजारको शान्ती सुरक्षा र बैंकहरुको पनि सुरक्षामा सहयोग पुग्ने भएकाले साइकल हस्तान्तरण गरेको बैकर्स बागलुङका अध्यक्ष नारायण पौडेलले बताए । प्रहरीको गस्तीले बजारको सुरक्षामा प्रमुख भुमिका खेल्ने भएकाले प्रहरीलाई प्रत्यक्ष सहयोग गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।


साइकल बुझेपछि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपि नवराज भट्टले साइकल गस्तीले समुदायसँगै बैंकहरुको सुरक्षा गर्न सहयोग पुग्ने बताए । एसपि भट्टले जिल्लाको शान्ति सुरक्षामा प्रहरी सधै चुस्तदुरुस्त रहेको बताउँदै साइकल गस्तीमा अझै बढी सहयोग पुग्ने बताए ।
बागलुङ बजारमा रहेका २७ ओटा बैंकहरुको सहयोगमा साइकल हस्तान्तरण गरिएको बैकर्स बागलुङका सचिव सुदिप राजभण्डारीले जानकारी दिए । राजभण्डारीले बैंक र बैंकर्सहरुलाई प्रहरीको सहयोग सधैं चाहिने भएकाले र जिल्लाको शान्ती सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले साइकल हस्तान्तरण गरिएको बताए ।
बैकर्स बागलुङका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत सदस्य विकास पौडेल र संचालन सचिव सुदिप राजभण्डारीले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here