ताराखोलामा प्रभु बैङ्कद्धारा डिजिटल बैङ्किङ सेवा शुभारम्भ

सरिता खत्री
बागलुङ, २६ भदौ ।
प्रभु बैङ्कले ताराखोलामा पहिलोपटक डिजिटल प्रबिधीको रुपमा सेवा प्रवाह गदैं प्रभु फोन–पे मोबाईल बैङ्कीङ सुरु गरेको छ ।
आज ताराखोेला गाँउपालिका वडा नं २ अर्गल भातखाने डाडाँमा रहेको तेरिया इलेक्ट्रिकल्स एण्ड इलेक्ट्रोनिक्स सेन्टरका सञ्चालक याम बहादुर घर्ती मगरलाई मोबाईल बैङ्कीङ क्युआर कोड स्ट्याण्ड हस्तान्तरण गरि सेवा बिस्तार गरिएको प्रभु बैङ्क लिमिटेड ताराखोला शाखाका सञ्चालन प्रमुख चन्द्र बहादुर रोका मगरले जनाकारी दिनुभयो ।
पैसा बोकेर किनमेल गनुृपर्ने, नगद आर्थिक कारोबार गर्दा बढि असुरक्षित हुने भएकोले ईन्टरनेट बैङ्कीङको रुपमा बैङ्कले थप ब्यबस्थापन गदैं स्मार्ट प्रबिधिमा बित्तिय कारोबार गर्न कोड सिष्टमलाई सञ्चालनमा ल्याएको हो । कुनै पनि फर्मको नामबाट खाता सञ्चालन गरि बिना झंझट फोन पे क्युआर कोडको प्रयोग कारोबार गर्न गर्न सकिने छ । ब्यबसायिबाट ग्राहकले सामान किनेपछि सामानको रकम सिधै स्मार्टफोनबाट क्युआर कोड स्क्यान गरि ब्यबसायिको खातामा जम्मा गर्न सक्नेछन् । क्यूआर कोडको प्रयोगले नगद कारोबारलाई सन्तुलीत र ब्यबस्थीत बनाउने बैङ्कले जनाएको छ । ग्राहकहरुले फोन–पे नेटवर्कका सम्पु्र्ण सदस्य बैकका एप्सबाट क्युआर पेमेन्ट गर्न सकिने बताइएको छ ।
भौगोलिक र प्राविधिक हिसावले पछि रहे पनि बैङ्कहरुले आधुनिक शहरमा प्रदान गर्ने सम्पुर्ण सेवाहरु गाउपालिकामा पनि विस्तार गर्दै लैजाने प्रभु बैङ्क ताराखोला गाँउपालिका शाखा प्रवन्धक प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here