आदर्श सञ्चार सहकारी संस्थाको १३ औ साधारण सभा सम्पन्न

बागलुङ, २२ भदौ ।
आदर्श सञ्चार सहकारी संस्थाको १३ औ साधारण सभा आर्थिक बर्ष २०७५/०७६ मा १९ करोड ३१ लाख १६ हजार बराबरको कारोवार गरेको छ ।
२०६३ सालमा स्थापना भएको संस्थाले आर्थिक बर्ष २०७५/०७६ मा १९ करोड ३१ लाख १६ हजार २६ रुपैया कारोवार गर्न सफल भएको हो ।
संस्थाको १३ औ बार्षिक साधारणसभाका अवसरमा सहकारीका कोषाध्यक्ष पुुर्णबहादुुर कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा संस्थाले उक्त रकम बरावरको कारोवार गर्न सफल भएको उल्लेख गरिएको थियो ।
१ हजार ३ सय ४१ जना शेयर सदस्य रहेको संस्थामा हालसम्म २ करोड ९७ लाख ९ हजार ५ सय रुपैयाँ शेयर, १६ करोड ५३ लाख २० हजार ७ सय ९८ रुपैया कर्जा लगनी गर्न सफल भएको कोषाध्यक्ष पुुर्ण बहादुुर कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा सहकारीले १८ जेष्ठ नागरिक तथा पेन्सन प्रदान गरेको थियो उत्कृष्ठ बचत, कारोवार लगायतका विधामा सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव तथा राष्ट्रिय समाचार समिति बागलुङका संयोजक राम थापा अविरल र असल परिवारको रुपमा अनिश खातीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुुर थापाले धौलागिरीको पहिलो संचार सहकारीको रुपमा स्थापित भएको सहकारी गण्डकी प्रदेशमा पनि स्थापित हुुनका लागि सदस्य केन्द्रित र सुुचना र सञ्चारको क्षेत्रमा महत्वपुुर्ण कार्य गर्न आवश्यक रहेको बताउनुुभयो ।
उहाँले सुुचना र सञ्चार क्षेत्रमा थप बल पुु¥याउनका लागि सहकारीले अनलाईनको पनि शुुरुवात गरेकाले यसले सहकारीको मर्मलाई आत्मसाथ गरेको उल्लेख गर्दै उहाँको व्यवस्थापनलाई थप व्यवस्थित र सक्रिय बनाउनुुपर्नेमा जोड दिनुुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, लेखासमितिका संयोजक थानेन्द्र गौतम लगायतले बोल्नुुभएको थियो ।
कार्यक्रम आदर्श सञ्चार सहकारीका अध्यक्ष हुुमा कुुमारी जिसी अञ्जुुको अध्यक्षता, उपाध्यक्ष अनन्त खड्काको स्वागत र धौलागिरी जागर दैनिक पत्रिकाका कार्यकारी सम्पादक दिल शिरिषको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here