धौलागिरी आत्मनिर्भर सहकारीको चार करोड कारोबार

बागलुङ, २२ भदौ ।
धौलागिरी आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले आर्थिक वर्ष ०७५/०७६ मा चार करोड बढीको आर्थिक कारोबार गरेको छ ।
सहकारीको शनिबार बागलुङ बजारमा सम्पन्न १२ औँ वार्षिक साधारणसभामा कोषाध्यक्ष मनकाजी किसानद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार सहकारीले गतवर्ष ४ करोड ८७ लाख ३३ हजार १२० रुपैयाँको कारोबार गरेको उल्लेख गरिएको छ ।
सहकारीले चालु आर्थिक वर्ष ०७६/०७७ को लागि ५ करोड २ लाख ७२ हजार ७६८ रुपैयाँको आय व्यय प्रस्तावत गरिएको छ ।
साधारणसभाको उद्घाटन पछि बोल्दै भगतसर्वजित विश्वकर्मा प्रतिष्ठान बागलुङका अध्यक्ष ओमबहादुर विश्वकर्माले दलित आन्दोलनलाई आर्थिक सशक्तिकरण र राजनीतिक मुलप्रवाहीकरणसँग जोड दिनुभयो ।
अध्यक्ष विश्वकर्माले सहकारी प्रति सेयर सदस्य उत्तरदायि नबने संस्थाका गतिविधि चलायमान नहुने उल्लेख गर्नूभएको थियो । ‘ऋण चाहिँदा मात्र सहकारी खोज्ने चलन छ’ विश्वकर्माले भन्नुभयो–सेयर सदस्यको क्रियाशिलता बिहाना सहकारी निष्क्रिय हुन्छ ।’
कार्यक्रममा बोल्दै बागलुङ नगर कार्यापालिका सदस्य नवीन किसानले दलित समुदायको परम्परागत सीपलाई आधुनिकिकरण तथा व्यवसायीक बनाउन नगरपालिका भित्र निरन्तर प्रयास भैरहेको जानकारी दिनुभएको थियो ।
‘हामी दलित आन्दोलनलाई संस्थागत गर्ने तर्फ लडेका छौँ कार्यपालिका सदस्य किसानले भन्नुभयो–‘ अन्तर्राष्ट्रिय रंगभेद दिवस, भगत सर्वजित दिवस तथा जातिय छुवाछुत मुक्त दिवस नगरपालिकाले मनाउने बातावरण गर्दैछौँ । कार्यक्रममा संस्थाका सल्लाहकार सुुजाता नेपाली, परशुुराम विश्वकर्मा बोल्नुुभएको थियो ।
सधारणसभाले दुर्गाबहादुर विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति गठन गरेको छ । साधारणसभाले प्रेम बहादुर सार्की उपाध्यक्ष, विन्दुु परियार सचिव, शरिता किसान सहसचिव र प्रेम बहादुुर किसान कोषाध्यक्षमा निर्वाचित गरेको छ ।
समितिको सदस्यमा टिकाराम परियार, कोपिला विक, दिलु थापा बोसेल, चन्द्र बहादुुर विक सञ्चालन समितिमा चयन गरेको छ । साधारणसभाले मनोज कुुमार विकको संयोजकमा तीन सदस्य लेखा समिति चयन गरेको छ । समितिको सदस्यमा शलिन दिन र शङ्कर किसान रहनुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here