
बागलुङ, ११ असार ।
बागलुङको बरेङ गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि २७, १४ लाख बढीको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुनले सामाजिक, अर्थिक र पूर्वाधार बिकास, वातावरण तथा विपत व्यवस्थापन, संस्थागत बिकास तथा सेवा प्रवाह, बित्तिय व्यवस्थापन तथा शुसासन लगायतका शिर्षकमा एकमुष्ठ रु २७ करोड १४ लाख ७३ हजारको बजेट सार्बजनिक गरिन ।
योजनागत खर्च तर्फ वडा नं. १ धुल्लुबाँस्कोटलाई ७० लाख, २ हुग्दिशिरलाई ७५ लाख, ३ बाटाकाचौरलाई ७० लाख र ४ र ५ सल्यान र सुखौरालाई ५५/५५ लाख बजेट बिनियोजन गरिएको छ ।
यस्तै संघ तथा प्रदेश सरकारसंगको साझेदारिमा योजना सञ्चालनका लागि समपुरुक कोषमा रु १ करोड ५० लाख, पुर्ण उज्यालो बस्तीका लागि रु ५ लाख, बिपद व्यवस्थापनका लागि रु १० लाख, खरछानो मुक्त कार्यक्रमका लागि रु २० लाख, युवा तथा खेलकुद विकासको लागि रु ५ लाख, लैङ्गिक समानता र सामाजिक समावेशिकरणका लागि रु ३५ लाख, सहकारी सुदृढीकरणका लागि रु. ५ लाख, कृषि बिकासका लागि रु ७० लाख, पशु सेवा शाखा कार्यलय द्वारा कार्यक्रम सञ्चालनका लागि रु ५५ लाख, स्वास्थ्यमा रु ६० लाख, शिक्षामा रु ६० लाख तथा पर्यटनक बिकासका क्षेत्रमा रु २० लाख बजेट बिनियोजन गरिएको छ ।
गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम, आ.ब. २०७६÷७७ को बजेट र गाउँपालिकाको आर्थिक ऐन २०७६ लगायतका प्रस्तावहरु पारित गरेको छ ।
