बागलुङ नगरको बजेट १ अर्व १ करोड ५७ लाख ५४ हजार, हेर्नुस कुन शिर्षकमा कति (पूर्ण पाठ)

बागलुङ नगरपालिकाको पाँचौं नगरसभा समक्ष नगर उपप्रमुख श्री सुरेन्द्र खड्काद्धारा प्रस्तुत आ.व.२०७६।०७७ को वजेट तथा कार्यक्रम

सम्मानीत सभाका अध्यक्ष महोदय,
मुलुकमा आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासवाट बञ्चित भएको वर्ग, तह र समुदायलाई राष्ट्र विकासको मूलधारमा ल्याउनका लागि अवलम्वन गरिएका राष्ट्रिय तथा स्थानीय नीतिमा आधारित रहि सहस्राव्दी विकासलक्ष्य, राष्ट्रिय लक्ष्य अनुरुपका उपलव्धी हाँसिल गदै बागलुङ नगरको समग्र विकास समृद्धिका लागि नतिजा मूलक परिणाम निकाल्ने दिशामा हाम्रा नीति कार्यक्रम र बजेट लक्षित हुनेछन् भन्ने व्यहोरा सम्मानित सभा समक्ष राख्न चाहन्छु ।
आगामी आ.व. २०७६।०७७ का लागि नेपालको सविंधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र समय, समयमा नेपाल सरकारवाट जारी गरिएकानियम, कानून रनिर्देशिका तथा कार्यविधि वमोजिमका प्रकृयालाई अवलम्बन गरी नगर प्रमुखज्यूवाट सम्मानित सभासमक्ष प्रस्तुत भै पारित भएका स्थानीय नीति तथा कार्यक्रमलाई मुख्य आधार वनाई सहभागिता मुलक ढंगले वजेट तथा कार्यक्रम तर्जुमा गर्ने अधिकतम प्रयास गरिएको छ । यस गरिमामय सभामा नगर प्रमुखज्यूद्धारा मिति २०७६।३।८ मा सम्मानित नगर सभा समक्ष प्रस्तुत नीति तथा कार्यक्रमहरुले निर्दिष्ट गरेका लक्ष र उद्धेश्यवाट प्राप्त मार्ग दर्शन, सहस्राब्दीविकास लक्ष्य र दीगो विकासका लक्ष्य, क्षेत्रगत राष्ट्रिय नीतिहरु एवं योजना तर्जुमाका क्रममा विभिन्न तहबाट प्राप्त हुन आएका सुझावहरु, विगत तथा चालु आ.व. का नीति तथा कार्यक्रम कार्यान्वयनवाट प्राप्त उपलव्धीहरु समेतका आधारमा आगामी आ.व.२०७६।०७७ का लागि प्रस्तुत बजेट तथा कार्यक्रम तयार गरिएको छ । यस नीति, कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट नगरपालिकाले परिलक्षित गरेका उद्देश्यहरु हासिल गर्नुका साथै राष्ट्रिय विकासका लक्ष्य हासिल गर्न समेत टेवा पुग्न जाने विश्वास लिइएकोछ।
स्थानीय श्रोत साधनको परिचालनलाई प्रभावकारी बनाउन करको दायरा फराकिलो पार्ने, सम्पत्ति कर, वहाल कर व्यवसायकर जस्ता कर राजश्वलाई प्रमुख आधारको रुपमा लिई अन्य करहरुलाई बस्तुगत बिश्लेषणका आधारमा समेटदै र परिमार्जन गर्दै जाने, कर प्रशासनलाई सूचना प्रबिधिमा आधारित र कर असुलि प्रकृयालाई सरल र करदातामैत्री बनाउदैं लगिने ब्यवस्था मिलाइने छ । आ.व. २०७६।०७७ का लागि करका दरहरु आर्थिक विधेयक २०७६ मा प्रस्ताव गरिएको छ ।
हाम्रा विकासका कार्ययोजना र बिकासमा नगरबासीको अपनत्व कायम हुनु पर्दछ भन्ने मान्यताका साथ नगरबासीको उच्चसहभागितामा आधारित स्थानीय स्रोतसाधन तथा सिप र प्रबिधिको अधिकतम उपयोगमा आधारित बिकास योजनामा जोडदिंदै सम्पन्न योजनाको मर्मत संभारको जिम्मा स्थानीय उपभोक्तालाई दिने ब्यवस्थालाई संस्थागत गर्दै स्थानीय टोल विकाससंस्थालाई सक्षम बनाउन आवश्यक ब्यवस्था मिलाइनेछ ।
आ.ब. को अन्त्यतिर आएर हतारमा काम गर्ने प्रचलनलाई चालु वर्षमा निरुत्साहित गर्ने प्रयाश गरिएको छ । संघ तथा प्रदेश सरकारवाट प्राप्त अनुदान ढिलोगरी प्राप्त हुने र कार्यान्वयन प्रकृया लामो र झन्जटिलो भई कार्यान्वयनमा असहजता उत्पन्न भएको अवस्था समेतलाई मध्य नजर गरी प्राप्त श्रोत र साधनको अधिकतम उपयोगमा ल्याउन आवश्यक पहल गरी सबै योजनाहरुको कार्यान्वयनको कार्ययोजना बनाई समयमै योजना संपन्न गर्ने तर्पm आवश्यक ब्यवस्था मिलाइनेछ ।
सम्मानीत सभाका अध्यक्ष महोदय,
आगामी आ.व. २०७६।०७७ को कार्यक्रम तथा वजेट प्रस्तुत गर्नु भन्दा पहिले गत आ.व. २०७४/०७५ को यथार्थ आय व्यय एवं चालु आ.व. २०७५/०७६ को संशोधित आय व्यय सम्बन्धी संक्षिप्त विवरण प्रस्तुत गर्न चाहन्छु ।
गत आ.व.२०७४/०७५मा आन्तरिक आय तर्पm रु २,५२,६९,२२९।३०(दुई करोड वाउन्न लाख उनान्सत्तरी हजार दुईसय उनान्तीस) राजश्व वाँडफाँडवाट रु २२,८०,५११।– (वाईस लाख असी हजार पाँच सय एघार रुपैया ),नेपाल सरकारकोअनुदानवाटरु २९,७२,३९,०००।–(उनान्तीस करोड वहत्तर लाख उनान्चालिस हजार रुपैया,समपुरक कोषवाट रु २५,२६,९६,०००।– (पच्चिस करोड छव्विस लाख छयानव्वे हजार रुपैया) अन्तरस्थानीय तह अनुदानवाट रु २,४९,६१,१२८।– दुई करोड उनन्पचास लाख एकसठ्ठी हजार एकसय अठ्ठाईस रुपैया, विषयगत निकाय तर्पmवाट १३,४८,६६,०००।– तेह« करोड अठचालिस लाख छैसठ्ठी हजार रुपैया, धरौटी तर्पm १,०५,९२१३०।८१ एक करोड पाँच लाख वयानव्वे हजार एकसय तिस रुपैया एकासी पैसा र अन्य विविध आय तर्पm रु ११,०४,३६७।– एघार लाख चार हजार तिन सय सतसठ्ठी गरी जम्मा रु ७६,२९,९९,६८८।०७ छहत्तर करोड उनान्तीस लाख उनान्सय हजार छ सय अठासी रुपैया सात पैसा यथार्थ आय भएको र क्षेत्रगत विनियोजनका आधारमाचालु खर्च तर्पm रु ७,१३,८५,६०८।–(सात करोड तेह« लाख पचासी हजार छ सय आठ रुपैया) र पुंजि तर्पm रु ६१,७६,२८,४४१।०७(एकसठ््ठी करोड छहत्तर लाख अठ्ठाईसहजार चार सय एकचालिस रुपैया सात पैसा) यथार्थ खर्च भै जम्मा रु ७,३९,८५,६३९।५७सात करोड उनन्चालीस लाख पचासी हजार छ सय उनान्चालिस रुपैया सन्ताउन्न पैसा यस आ.व.२०७५।०७६ मा जिम्मेवारी सरी आएकोछ ।
सम्मानीत सभाका अध्यक्ष महोदय,
अव म चालु आ.व. २०७५/२०७६ का लागि संशोधित आय व्यय विवरण तथा कार्यक्रमहरु संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।

  • आन्तरिक कर दस्तुर, गत वर्षको मौज्दात समेत तर्पm रु.१२,२८,१८,२९७।– (वाह्र करोड अठइस लाख अठार हजार दुइसय सन्तानव्वे)
  • संघिय तथा प्रदेश सरकारबाट प्राप्त राजश्व बाँडफाँड तर्पm १९,८५,८१,०००।– (उन्नाईसकरोड पचासी लाख एकासी हजार रुपैया)
  • संघिय तथा प्रादेशिक अन्तर सरकारी वित्तिय हस्तान्तर तर्पm रु १६,९५,९०,०००।– सोह्र करोड पन्चानव्वे लाख नव्वे हजार रुपैया ।
  • सामाजिक सुरक्षा भत्ता सघिय सरकार तर्फ रु १२,००,००,०००।– (वाह्र करोड रुपैया ),
  • सडक वोर्ड कार्यक्रम तर्पm रु ५५,७१,०००।– (पचपन्न लाख एकहत्तर रुपैया),
  • स्थानिय संचित कोष तर्फ १,८१,१५,९६९। –(एक करोड एकासी लाख पन्ध्र हजार नौसय उनान्नसत्तरी रुपैया)
  • स्थानिय कोष परिचालनतर्फ ४८,००,०००।(अठ्चाली लाख)
  • वसपार्क निर्माणको लागि ऋण अनुदान प्राप्ततर्फ रु ५,००,००,०००। पाँच करोड रुपैया
  • विशेष अनुदान रु ३,६९,०६,०००। तीन करोड उनान्नसत्तरी लाख छ हजार, गत आ.व.वाट जिम्मेवारी सरि आएको रु ७,३९,८५,६३९।५७ सात करोड उनन्चालीस लाख पचासी हजार छ सय उनान्चालिस रुपैया सन्ताउन्न पैसा समेतगरीजम्मा रु.१,१६,६७,५१,८९४(एक अर्व सोह्र करोड सत्सठ्ठी लाख एकाउन्न हजार आठसमय चौरानव्वे रुपैया ) मात्र संशोधित आय हुने अनुमान प्रस्ताव गरि सोहि वमोजिमका विभिन्न शिर्षकगत व्यय अनुमान गरिएको छ ।

सम्मानीत सभाका अध्यक्ष महोदय,
अव म आगामी आ.व. २०७६।०७७का लागि गरिएको अनुमानित आयका आधारमा नगरको समग्र लगानीलाई आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, सुशासन तथा अन्र्तसम्बन्धित क्षेत्र, कार्यालय सञ्चालन, सामाजिक सुरक्षा र प्रधान मन्त्री रोजगार कार्यक्रम समेतका क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा आ.व. २०७६।०७७ का लागि अनुमानीत आय व्ययको विवरण संंक्षेपमाप्रस्तुत गर्न चाहन्छु । यस विवरण अनुसूचि २ मा प्रस्तावित गरिएको छ ।
आय तर्फ

  • संघीय सरकारवाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्पm रु १६,४७,००,०००।–( सोह«्र करोड सतचालिस लाख रुपैया ।
  • प्रदेश सरकारवाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्पm रु १,३०,५५,०००।– ( एक करोडतिस लाख पचपन्न हजार रुपैया) गरी, वित्तिय समानीकरण अनुदान तर्पm रु १७,७७,५५,०००।–(सत्र करोड सतहत्तर लाख पचपन्न हजार रुपैया)अनुमान गरिएको छ ।
  • संघीय सरकारवाट प्राप्त हुने सशर्त अनुदान तर्पm रु ३६,३४,००,०००।– (छत्तीस करोड चौंतिस लाख रुपैया)
  • राजश्व वाँडफाँड तर्पm संघीय सरकारवाट प्राप्त हुने रु ११,५९,१२,१५४।– (एघार करोड उनान्साठी लाख वाह« हजार एक सय चवन्न रुपैया)
  • प्रदेश सरकारवाट राजश्व वाँडफाँड तर्पm ८१,०६,०००।– (एकासी लाख छ हजार रुपैया) ।
  • घरजग्गा रजिष्ट्रेशनवाट प्राप्त हुने रु १,५०,००,०००।– (एक करोड पचास लाख रुपैया) ।
  • ढुंगा गिटि वालुवा तर्पm रु १,४०,१०,०००।–(एक करोड चालिस लाख दश हजार रुपैया) गरी राजश्व वाँडफाँड तर्पm जम्मा रु १५,३०,२८,१५४। (पन्ध्र करोड तीस लाख अठ्ठाइस हजार एक सय चवन्न रुपैया) आय अनुमान गरिएको छ ।
  • स्थानीय कर दस्तुर सेवा शुल्क समेतवाट रु ५०,०००,०००।– (पाँच करोड रुपैया) र वस पार्क निर्माणका लागि नगर विकास कोषवाट प्राप्त हुने ऋण तथा अनुदान तर्पm रु ५०००,००००।– (पाँच करोड रुपैया) समेत गरी संघ प्रदेश सरकारवाट प्रापत हुने वित्तिय समानीकरण अनुदान, सशर्त अनुदान राजश्व वाँडफाँड समेत गरी आगामी आ.व. २०७६।०७७ का लागि कुल १,०१,५७,५४,१५४।– (एक अरव एक करोड सन्ताउन्न लाख चौवन्न हजार एकसय चौवन्न रुपैया) आय अनुमान प्रस्ताव गरिएको छ । समग्र आयको विवरण अनुसूची १ मा प्रस्ताव गरिएको छ ।
    सम्मानीत सभाका अध्यक्ष महोदय,
    आ.व. २०७६।०७७ का लागि गरिएको अनुमानित आयका आधारमा नगरको समग्र लगानीलाई आर्थिक विकास, सामाजिक विकास, भौतिक पुर्वाधार विकास, सुशासन तथा अन्तर्रसम्वन्धित क्षेत्र, विपद व्यवस्थापन,सामाजिक सुरक्षा वृत्ति र कार्यालय सञ्चालन समेतका क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा क्षेत्रगत विनियोजनको व्यवस्था मिलाईएको छ।
    सम्मानीत सभाका अध्यक्ष महोदय,
    अव म आगामी आ.व. २०७६।०७७ कोलागि कुल अनुमानीत आय रु १,०१,५७,५४,१५४।–(एक अरव एक करोड सन्ताउन्न लाख चौवन्न हजार एकसय चवन्न रुपैया) मध्येवाटअनुमानित व्ययको विवरण प्रस्तुत गर्दछु ।
  • कृषिवाली तथा वागवानी विकासकार्यक्रमका लागि रु ५०,५०,०००।– (पचास लाख पचास हजार रुपैया)
  • पशु विकासका कार्यक्रमका लागि रु २८,७८,१५४। –अठ्ठाईस लाख अठहत्तरहजार एकसय चौवन्न रुपैया)
  • उद्यम तथा रोजगार प्रवर्धनएवं गरिवि न्यूनिकरण पर्यटन तथा जलश्रोत सिञ्चाई कार्यक्रम,समेतका लागि रु ८३,००,०००–(त्रियासी लाख रुपैया), समेत गरी आर्थिक विकास तर्पm रु १,६०,७७,१५४।– (एक करोड साठी लाख सतहत्तर हजार एकसय चवन्न रुपैया) विनियोजन गरिएको छ ।
  • वागलुङ वजार खानेपानी आयोजना लगायतका विभिन्न खानेपानी आयोजना सञ्चालन र सरसफाई कार्यक्रम समेत तर्पm रु १,६५,०००,०००।– (एक करोड पैसठ्ठी लाख रुपैया)
  • युवा तथा खेलकुद विकास कार्यक्रम तर्फ मेयर कप फुटबल कार्यक्रम रु ३४,००,०००।चौतीस लाख रुपैया
  • लैंगिक समानता तथा सामाजिक समावेशिकरण कार्यक्रम समेतका लागि, रु ३३,००,०००। तेत्तीस लाख रुपैया
  • वागलुङ नगरपालिकामा कृषि क्याम्पस सञ्चालन गरी कृषि क्षेत्रमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्षका साथ चालु आ.व.मा कृषि क्याम्पस सञ्चालन गरिने छ । कृषि क्याम्पस सञ्चालनका लागि रु ९०,००,०००।–(नव्वे लाखरुपैया) विनियोजनको व्यवस्था मिलाईएको छ ।
  • गोविन्द अधिकारी व्यवसायिक शिक्षा छात्रवृत्ति कार्यक्रमका लागि रु २०,००,०००। (विस लाख) समेत गरी शिक्षा विकास तथा सुधार कार्यक्रम तर्पm रु ३९,४५,०००।– (उनान्नचालिस लाख पैचालीस हजार)गरी नगरको शिक्षा विकास तथा गुणस्तरीय शिक्षा कार्यक्रम तर्पm र २,५००५,०००।– (दुई करोड पचास लाख पाँच हजार रुपैया) विनियोजनको व्यवस्था मिलाईएको छ ।
  • प्रारम्भिक वाल विकास केन्द्रमा कार्यरत सहजकर्ताहरुको प्रोत्साहन स्वरुप मासिक रु १०००। थप गरिएको छ भने पोशाक खर्च रु ५,०००। का दरले उपलव्ध गराउने गरी व्यवस्था मिलाईएको छ ।
  • जन स्वास्थ्य कार्यक्रमका लागि ५७,००,०००, (सन्ताउन्न लाख रुपैया) विनियोजन गरिएको छ ।
  • स्थानिय कला, संस्कृति, साहित्य र सामाजिक सुरक्षा तथा संरक्षण तर्फ ४०,००,०००।(चालिस लाख) समेत गरी सामाजिक विकासतर्फ कुल ५,२४,७५,०००। (पाँच करोड चौविस लाख पचहत्तर हजार रुपैया) व्यवस्था मिलाइएको छ ।
  • नगर क्षेत्रभित्र विपन्न अवस्थामा रहेका खरको छाना मुनि जिवन यापन गरिरहेका घर परिवारलाई टिनको छाना मुनि सुरक्षित तवरले वस्न पाउने मौलिक अधिकारलाई सुनिस्चित गर्नका निम्ती चालु आर्थिक वर्षदेखि लागु गरिएको सुरक्षित जनता आवास कार्यक्रमलाई निरन्तरता दिन आगामि आ.व का लागि रु १५,००,०००।(पन्ध्रलाख रुपैया)वजेट विनियोजनको व्यवस्था मिलाईएको छ ।
  • नगर विकास कोषको ऋण तथा अनुदान सहयोगमा बागलुङ नगरपालिकामा निर्माणधिन आधुनिक वसपार्क निर्माण कार्यलाई आगामि आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी रु ५,१५,००,०००।(पाँच करोड पन्ध्रलाख) विनियोजनको व्यवस्था मिलाईएको छ ।
  • बागलुङ बजार क्षेत्र भित्रका व्यवस्थित गर्नु पर्ने अवस्थामा रहेका चोक सुधारका लागि रु ७५,००,०००। (पचहत्तर लाख रुपैया), विभिन्न नगरस्तरिय योजनाहरुका लागि २,१०,००,०००।,,(दुई करोड दश लाख रुपैया) , नगर क्षेत्र भित्रका विभिन्न सडकहरु नियमित संचालनको व्यवस्थापनको लागि १२,५०,०००। (वाह्रलाख पचास हजार)सडक वोर्डका योजना तर्फ ५५,७१,०००। (पचपन्न लाख एकहत्तर हजार)संघ र प्रदेश सरकारसंगको सह लगानीका लागि समपुरक कोषतर्फ २,५०,००,०००। (दुई करोड पचास लाख)स्थानीय उपभोक्ताहरुसंगको ५० प्रतिशत सह लगानीका लागि समपुरक कोषतर्फ ५०,००,०००।(पचास लाख) गरी पुर्वाधार विकासतर्फ कुल १२,७६,२१,०००। (वाह्र करोड छ्यहत्तर लाख एक्काइस हजार)वजेट खर्चको व्यवस्था गरिएको छ ।
  • कार्यालय संचालन समेतको चालु खर्चमा १२,८२,००,०००। (वाह्रकरोड वयासी लाख) कार्यालय संचालन तथा प्रशासनिक खर्चको पुजिगत तर्फको स्थिर सम्पति प्राप्ति खर्चको लागि १,९१,००,०००।(एक करोड एकानव्वे लाख) तथा वित्तिय व्यवस्थातर्फ सावा भुक्तानिको लागि २७,००,०००। (सत्ताइस लाख)गरी सुशासन तथा अन्तर्सम्वन्धित क्षेत्र तर्पm जम्मा रु १५,००,००,०००। (पन्ध्र करोड रुपैया) विनियोजनको व्यवस्था गरिएको छ ।
  • समग्र वडास्तरिय आयोजना तर्फ रु ७,९३,००,०००। (सात करोड त्रीयानव्वे लाख रुपैया)वजेट विनियोजनको व्यवस्था मिलाईएको छ । उक्त रकमको ३० प्रतिशत रकम सम्वन्धित वडामा रहेका लक्षित वर्ग समुदायको अनुपातमा महिला दलित, जनजाति, फरक क्षमता, मुस्लीम र आर्थिक रुपले पछाडि परेका वर्गका लक्षित वर्गका नागरिकहरुका लागि र कृषि, पशु, तथा अन्य आर्थिक सामाजिक विकासको क्षेत्रमा विनियोजन गर्नु पर्ने अनिवार्य व्यवस्था गरिएको छ ।
  • संघिय सरकारवाट प्राप्त शिक्षा र स्वास्थ्यतर्फका सशर्त कार्यक्रमहरुका लागि ३६,३४,००,०००। (छत्तीस करोड चौतीस लाख रुपैया)व्यवस्था गरिएको छ ।
  • सामाजिक सुरक्षा वृत्ति कार्यक्रमतर्फ रु १८,००,००,०००। अठार करोड रुपैया)र आगामि वर्षमा दायित्व सर्ने आयोजनाहरुको भुक्तानि व्यवस्थाका लागि रु ३,००,००,०००।(तीन करोड रुपैया) समेत गरी कुल १,०१,५७,५४,१५४। (एक अर्व एक करोड सन्ताउन्न लाख चौवन्न हजार एक सय चौवन्न रुपैया) व्यय हुने अनुमानित प्रस्ताव गरेको छु । व्यय अुनमानको प्रस्ताव अनुसूचि २ मा प्रस्ताव गरिएको छ । यसरी गरिएको वजेट विनियोजनलाई स्थानीय संचित कोष व्यवस्थापन प्रणालिको सूत्रमा आवद्ध गर्दा चालु खर्च तर्फ रु ७१,९२,९१,१५४। (एकहत्तर करोड वयानव्वे लाख एकानव्वे हजार एक सय चौवन्न रुपैया ७०.८१ प्रतिशत) पुजिंगत तर्फ रु २३,३७,६३,०००। (तेईस करोड सैतीस लाख त्रीसठ्ठी हजार रुपैया र २८.९२ प्रतिशत) र वित्तिय व्यवस्था तर्फ २७,००,०००। (सत्ताईस लाख ०.२६ प्रतिशत) हनु आएको छ ।
    सम्मानीत सभाका अध्यक्ष महोदय,
    आगामी आ.व.२०७६।०७७ को वार्षिक नीति तथा कार्यक्रमले निर्देशित गरे वमोजिम यस वजेट तथा कार्यक्रममा समावेश गरिएका केहि महत्वपुर्ण पक्षलाई संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।
  • नगरको गरिविलाई न्युनिकरण गर्दै लैजाने उद्धेश्यले स्थापना र सञ्चालन गरिएको शहरी गरिवि न्युनिकरण कोषको रकमलाई “गरिवसंग मेयर ऋृषिराम शर्मा” कार्यक्रममा समाहित गरी सकिएको छ । चालु आ.व.सम्ममा उक्त कोषमा रु ८०,००,०००। (असीलाख रुपैया) को व्यवस्था गरिएकोमा आगामी आ.व.मा २०,००,०००।(वीस लाख रुपैया) रकम थप गरी उक्त कोषलाई रु १,००,००,०००। (एक करोड रुपैया) रुपैयाको कोष वनाई उक्त कोषलाई आर्थिक विकासको दृष्टिले पछि रहेका नगरवासीहरुको अधिकतम हितमा परिचालन गरी नगरको गरिविलाई क्रमशःघटाउदै लैजाने नीति अवलम्वन गरिएको छ ।
  • कृषि तथा पशुजन्य उत्पादनमा संलग्न व्यवसायिक किसानलाई उत्पादनको आधारमा अनुदान दिने व्यवस्था मिलाईनेछ ।
  • “गोविन्द अधिकारी व्यवसायिक शिक्षा छात्रवृत्ति कार्यक्रम”लाई निरन्तरता दिई युवा शक्तिलाई प्राविधिक तथा व्यवसायिक शिक्षाको धार तर्पm उन्मुख गराई प्राविधिक जनशक्ति उत्पादनमा जोड दिईनेछ ।
  • “भगत सर्वजित विश्वकर्मा सिप तथा रोजगार प्रवर्धन कार्यक्रम”सञ्चालन कार्यविधि स्वीकृत गरि कार्यान्वयनमा ल्याई सकिएको छ । उक्त कार्यक्रमवाट रोजगारी तथा स्वरोजगारी प्रवद्र्धनका लागि आवश्यक तालिम उपलव्ध गराउने कार्यमा जोड दिईनेछ ।
  • कृषि क्याम्पससञ्चालन ः वागलुङ नगरपालिकामा कृषि क्याम्पस सञ्चालन गरी कृषि क्षेत्रमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्षका साथ चालु आ.व.मा कृषि क्याम्पस सञ्चालन गरिने छ ।
  • “जनता सुरक्षित आवास कार्यक्रम” सञ्चालन गरी न्युन आय भएका र सदियौंदेखि खरको छानामुनि जीवन विताई रहेका विपन्न नागरिकहरुलाई टिनको छानामुनि ल्याउनका लागि जनता सुरक्षित आवाश कार्यक्रम सञ्चालन गरिनेछ ।
  • विद्यालय र शिक्षकको संख्याको अनुपातमा विद्यार्थिहरु नभएका विद्यालयहरुलाई मर्ज गरी नमुना विद्यालय सञ्चालनका साथै पठन पाठन तथा विद्यालयको संस्थागत सुधारका कार्यक्रम सञ्चालन गरिनेछ ।
  • आ.व. २०७६।०७७ का लागि आन्तरिक राजश्व तर्पm अनुमान गरिएको लक्ष्य प्राप्तीका लागि विभिन्न कर राजश्व तथा गैरकर राजश्व छल्ने प्रवृत्तिलाई निरुत्साहित गरी असुलिमा स्थलगत अनुगमन तथा प्रत्यक्ष अवलोकन गर्ने कार्यविधि अपनाईनेछ ।
  • नगरमा सञ्चालित सवै प्रकारका योजना तथा कार्यक्रमहरुको कार्यान्वयन गर्दा पुर्व सम्भाव्यता अध्ययन संझौता अनुगमन सार्वजनिक परिक्षण र अनुगमन मुल्यांकन गरी अन्तमा फरफारक गर्ने प्रकृया अवलम्वन गरी योजना कार्यान्वयन तथा अनुगमन प्रकृयालार्ई प्रभावकारी वनाईनेछ ।
  • आ.व. २०७६।०७७ का लागि आय व्यय विवरण, निर्दिष्ट गरिएका योजना तथा कार्यक्रम र विनियोजन गरिएको वजेट रकमको विस्तृत विवरण क्षेत्रगत व्यय अनुमान सम्वन्धी प्रस्ताव २०७६ मा प्रस्तुत गरिएकोछ ।
  • नगरपालिकाबाट नगरवासीहरुलाई उपलव्ध गराईने सेवा सुविधालाई चुस्त दुरुस्त, प्रभावकारी, पारदर्शी, सरल र सहज ढंगबाट उपलव्ध गराउने व्यवस्था मिलाई सुशासन प्रवद्र्धनमा विशेष जोड दिइनेछ ।
  • गत आर्थिक वर्षमा सम्भाव्यता गरि सकिएको बागलुङ नगरपालिका वडा नं ५ र ७ मा अवस्थित मालिका वन क्षेत्रमा जुलोजिकल पार्क (प्राणि उद्यान) निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन तयारी गर्ने कार्यका लागि वजेटको व्यवस्था मिलाईएको छ ।
  • कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संचालन गर्नका लागि प्रधानमन्त्रि रोजगार प्रवर्धन कार्यक्रमका लागि वजेट व्यवस्था गरिएको छ ।
  • विरशाली पन्त स्मृती साहित्य पुरस्कार ः बागलुङनगरपालिकामा जन्म भै नेपाली साहित्य आकाशका उज्जवल नक्षत्रका रुपमा रहनु भएका सर्जक स्वर्गिय विरशाली पन्तको स्मृति र सम्मानमा विरशाली पन्त साहित्य स्मृति पुरस्कार अक्षयकोषको व्यवस्था मिलाईएको छ । उक्त कोषमा हाल ५,००,०००। व्यवस्था गरेको छु । अक्षयकोषबाट प्राप्त व्याजबाट हरेक दुई दुई वर्षमा विरशाली पन्त स्मृति सहित्य पुरस्कारको व्यवस्था मिलाइनेछ ।
  • विकास पत्रकारीता पुरस्कारःचालु आर्थिक वर्ष २०७६।०७७देखि बागलुङ नगरको वृहत्तर विकासमा आधारित पत्रकारीता पुरस्कारको व्यवस्था गरिएकोछ ।

बागलुङ नगरपालिकाको एकिकृत शहरी विकास योजना निर्माण गरी उक्त योजनाले निर्दिष्ट गरे वमोजिमका लक्ष्य प्राप्तिका लागि जोड दिईने छ ।
सम्माननीत सभाका अध्यक्ष महोदय,
सीमित श्रोत र साधनवाटदिगो र ठोस उपलव्धि हाँसील होस भन्ने उद्धेश्यले आवश्यकताका आधारमा रकम विनियोजन गर्ने प्रयास गरिएको छ । योजना तर्जुमा गर्नु मात्र महत्वपूर्ण विषय होईन, यसको लक्ष्य एवं उद्देश्य प्राप्तीका लागि प्रभावकारी कार्यान्वयन एवं अनुगमन, मूल्याकंन तथा यथार्थ उपलव्धीको नजिक पुग्नसक्नु महत्वपुर्ण कुरा हो ।उपरोक्त वजेट नीति, तथा कार्यक्रम कार्यान्वयनमा सम्पूर्ण नगरवासीहरु एवं सम्बद्ध सवै पक्षहरुबाट सकारात्मक सहयोग, सल्लाह, सुझाव एवं सिर्जनात्मक आलोचना र पृष्ठपोषण प्राप्त हुने विश्वास लिएकोछु ।
अन्त्यमा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने चरणमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पु¥याउनु हुने नगर प्रमुखज्यू,वजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्यहरु, कार्यापालिकाका सदस्यहरु र प्रमुख प्रशासकीय अधिकृत, वजेट तथा कार्यक्रम तर्जुमा समितिका सचिव र यस विषयमा प्रत्यक्ष वा अप्रत्यक्ष तवरले संलग्न भई सहयोग गर्नुहुने सवै जनप्रतिनिधिज्यूहरु र राष्ट्रसेवक कर्मचारीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
धन्यवाद ।

सुरेन्द्र खड्का
नगर उप प्रमुख
वागलुङ नगरपालिका वागलुङ
मिति २०७६ साल आषाढ ११ गते

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here