खेलकूदमा ३ अर्ब ९९ करोड बजेट

काठमाडौं, १५ जेठ ।
मुलपानी क्रिकेट मैदान आगामी दुई वर्षमा सम्पन्न गरिने गरी सरकारले १० करोड बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ को बजेटमा सरकारले खेलकूद विकासको लागि ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको हो ।
उक्त बजेटमा मुलपानी मैदानको लागि १० करोडको बजेट छुट्याइएको छ
त्यस्तै, सरकारले काठमाडौँ उपत्यकामा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसर निर्माण गर्न प्रारम्भिक अध्यन गर्ने भएको छ । त्यस्तै, सबै प्रदेशमा सुविधा सम्पन्न रंगशाला र सबै स्थानीय तहमा एक – खेलग्राम निर्माण गरिने भएको छ । त्यसका लागि सरकारले ४० करोड बजेट विनियोजन गरेको छ ।
संघ, प्रदेश र स्थानीय तहमा खेलाडीको प्रशिक्षण, क्षमता विकासका लागि प्रोत्साहन गरिने उल्लेख छ ।
यसैगरी सरकारले काठमाडौंमा एउटा क्रिकेट एकेडेमी समेत निर्माण गर्ने र निजी क्षेत्रले लगानीमा बन्ने खेल मैदानलाई प्रोत्साहन गरिने जनाएको छ ।
नेपालमा आगामी डिसेम्बरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र २०७७ सालमा गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलका लागि आवश्यक बजेट छुट्याइएको सरकारले जनाएको छ ।
यस्तै शिक्षा क्षेत्र अन्तर्गत प्रत्येक विद्यालयमा एक खेल शिक्षक राखिने भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here