
बागलुङ, १९ बैशाख ।
गलकोटको रिघाका ३ सय ५० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
गलकोट नगरपालिकाको सुरक्षा भत्ता प्रभु बैक गलकोट साखाले सामाजिक उत्तरदायित्व अन्तरर्गत गलकोटको विकट ठाउ रिघामा पुगेर भत्ता बितरण गरेको हो । बैकका प्रवन्धक कृष्णहरि भण्डारिको नेतृत्वको टोलिले ३७ जना दलित बालबालिका, ३ जना पु्र्ण अपाङ्गता, ७८ जना दलित जेष्ठ नागरिक, १ सय १५ जना अन्य जेष्ठ नागरिक, १४ जना आंशिक अपाङ्गता, २ जना एकल महिला र ३ जना बिधवा महिलालाई गरि ३ सय ५० जनालाई १९ लाख ५० हजार ८ सय वितरण गरिएको संचालन प्रमुख शिशिर बम मल्लले बताउनुभयो ।

रिघाबाट हटिया सम्म भत्ता ल्याउनका लागि भाडा र खाजा खर्च गरि लाग्ने ५ लाख रूपिया बचत भएको बैकका प्रवन्धक भण्डारिले बताउनुभयो ।
नगरपालिकाले दिएको जिम्मेवारिलाई सामाजिक कार्य अनुसार बैकले गलकोटको रिघा र पाण्डवखानिमा पुगेर भत्ता दिने गरेको हो । भोलि गलकोटको पाण्डवखानिमा भत्ता वितरण गरिने बैकका साहायक सम्बन्ध प्रमुख प्रकाश सुवेदिले बताउनुभयो । नगरको भत्ता बैकले गाउघरमै पुगेर प्रदान गर्न थालेपछि स्थानिय खुसि बनेका छन ।
