आकार बढाउँदै गुहेली संचार सहकारी संस्था

बागलुङ, १५ बैशाख ।
सूचना र संचारको क्षेत्रमा आफ्नो गतिविधि केन्द्रीत गर्दै आएको गुहेली संचार सहकारी संस्थाले आफ्नो आकारलाई बढाउन थालेको छ ।
सेयर सदस्य संख्या, सेयरपूँजी वृद्धि जस्ता कामको शिलशिलामा गुहेली संचार सहकारीको नाममा भीमापोखरामा संचालित तीन सहकारी संस्था एकीकृत भएका हुन ।


गुहेली संचार सहकारी, सूर्यमुखी कृषि तथा पशु व्यबसायि सहकारी र सक्षम बचत ऋण सहकारी संस्था शनिबार विशेष साधारणसभा गर्दै मर्ज भएका छन् । तीन सहकारी एकीकृत हुँदा गुहेली संचार सहकारीले आफ्नो कार्यक्षेत्र समेत विस्तार गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ ।
काठेखोलाको सबै वडा र बागलुङ नगरपालिकाको ६ र ७ वडामा कार्यक्षेत्र रहेको सहकारीले बानपाको सबै वडामा कार्य क्षेत्र विस्तारको लागि गण्डकी प्रदेश सरकारसँग अनुमति माग्ने निर्णय गरेको गुहेलीका निवर्तमान अध्यक्ष खिमबहादुर कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका इन्द्रलाल सापकोटाले स्थानिय सरकार , पार्टी कमिटी, सामाजिक संघ संस्था, सबैको ध्यान उत्पादनमा केन्द्रित हुनुपर्ने जोड दिनुभएको थियो । सासंद सापकोटाले आर्थिक समृद्धिको लागि उद्योग संचालन, कृषिमा आधुनिकिकरण, गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, धौलागिरी एफ एमका अध्यक्ष हरिनारायण गौतम, प्रगति बहुउद्येश्य सहकारी संस्थाका अध्यक्ष कुमार पौडेल, समाजसेवि चन्द्रमणि उपाध्याय, पत्रकार महासंघका सहसचिव नविन शिशिर लगाएतले बोल्नुभएको थियो ।
साधारणसभाले भूमिश्वर उपाध्याको अध्यक्षतामा नयाँ संचालन समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सीता शर्मा, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा प्रसाद थापा, सहसचिवमा पार्वती शर्मा रहनुभएको छ ।


खिमबहादुर कार्की, ऋषिराम शर्मा, चित्रबहादुर कार्की, नवीन शिशिर, ताराथापा केसी, लक्ष्मी थापा रहनुभएको छ । लेखा समितिको सदस्य गीता हमाल साही, सदस्यमा प्रजापति उपाध्या र भीमबहादुर केसी रहनुभएको छ ।
एकिकृत सहकारीको ८९ लाख ९८ हजार९२६ रुपैयाँ कुल पूँजी पुगेको छ । विशेष साधारण सभाले बागलुङ नगरपालिकाका सम्पुर्ण वडाहरुमा कार्यक्षेत्र विस्तारका लागि गण्डकि प्रदेश सहकारी मन्त्रालयमा अनुमति लिने निर्णय गरेको छ ।
कार्यक्रम गुहेली सहकारी संस्थाका अध्यक्ष खिम बहादुर कार्किको अध्यक्षता र सूर्य थापाको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here