दुदिलाभाटीमा बाढि पहिरोका कारण १४ करोड ५० लाखको क्षति

गुमानसिंह भण्डारी
बागलुङ (गल्कोट), ७ बैशाख ।
गलकोटको दुदिलाभाटीमा गत बैशाख १ र २ गतेको बाढि, पहिरोको कारण १४ करोड ५० लाख बराबरको क्षति भएको छ । वडा कार्यालयले निकालेको तथ्याङक अनुसार सबैभन्दा धेरै मोटरबाटोमा क्षति गरेको वडा अध्यक्ष नेत्र बुढाथोकिले बताउनुभयो ।


गलकोट नगरपालिका १ दुदिलाभाटीमा खानेपानी पाईप, टंकी गरि १ करोड, नरेठाटी दुदिलाभाटी पेरिवाङ मोटरबाटोमा ३ करोड, दुदिलाभाटीका साखा मोटरबाटोमा २ करोड बराबरको क्षति भएको बुढाथोकिले बताउनुभयो ।


त्यस्तै सिचाई कुलो तथा नहरमा १ करोड, लघु जलबिद्युत योजनामा २० लाख, कृषि, आलु, गहुँ, जौ लगायतका खेति बालिमा २ करोड, फलफुल, किबि, सुन्तला, अलैचि, कागति लगायतमा १ करोड, माछापालन पोखरी भत्किएको, बगाएको, भुरा असिनाबाट मरेको गरि २० लाख, पशुपालन तथा बङगुर फर्ममा १० लाख खेतियोग्य जमिन ३ सय रोपनि बगाएको जलाधार संरक्षण तटबन्धन गरि २ करोड, परम्परागत तथा ब्यवसायीक तरकारि खेतिमा १ करोड, बिद्यालय तथा निजि आवासमा १ करोड गरि दुदिलाभाटीमा मात्रै १४ करोड ५० लाख बराबरको क्षति भएको वडा कार्यालयले जनाएको छ ।
बाढिका कारण वडा भित्रका करिब १७, १८ घरपरिवार बिस्ताबित बनेपनि बर्षात कम भएसँगै २, ३ घरपरिवार बाहेक अन्य परिवारहरु सोहि घरमा बस्दै आईरहेका छन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here