
गुमानसिंह भण्डारी ।
गल्कोट (बागलुङ), २७ चैत ।
पर्यटकलाई आकर्षित गर्न बागलुङको गलकोट नगरपालिका १० पाण्डवखानीमा ‘मह शिकार (हनी हन्टिङ)’ बैशाखमा गरिने भएको छ ।
गलकोट नगरपलिका १० पाण्डवखानी र सरस्वती युवा क्लब रमुवाको सयुक्त आयोजनामा आगामि बैशाख १९ गते मह सिकार कार्यक्रम गर्न लागिएको हो । सो मह सिकार कार्यक्रममा रमुवाका मौरी भिरमा रहेका १ सय भन्दा बढी मौरीका गोलाबाट मह काढिने वडा अध्यक्ष तिलक घर्तिले बताउनुभयो ।
उहाँले परम्परागत प्रविधि अपनाएर मात्र महको शिकार गरिने बताउँदै अनुभवी र स्थानिय दक्ष मह शिकारीले मात्र शिकारमा भाग लिने बताउनुभएको छ ।
“अग्ला भिरपहरामा चढेर मह काढ्नु साहस र कौशलको काम हो”, अध्यक्ष घर्तिले भन्नुभयो, “यसले पर्यटकलाई पनि लोभ्याउँछ ।”
गलकोट रमुवाका पहरामा भिर मौरी पाइने भए पनि पहिलो पटक यसरी मह शिकार कार्यक्रम गर्न लागिएको हो । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन कार्यक्रमले टेवा पुग्ने विश्वास लिइएको छ । पाण्डवखानीको रमुवाका स्थानियले प्रत्येक बर्ष मह काढने गरेका छन ।
एउटा घारबाट करिब २० लिटर मह काढिन्छ अध्यक्ष घर्तिले भन्नुभयो, सम्पुर्ण घारबाट गरि एक सिजनमा २ हजार लिटर मह निकाल्ने गरिएको सरस्वती युवा क्लबका अध्यक्ष गिरिप्रसाद घर्तिले बताउनुभयो । रुमुवाका स्थानियहरुले बर्षौ पहिलेदेखि मह शिकार गर्ने गरेपनि उचित प्रचार र मोटरबाटोको कारण रमुवा क्षेत्र ओझेलमा परेको स्थानियको भनाई छ ।
हटिया देखि पाण्डवखानी सम्म ट्याक्सी चल्न सक्ने मोटरबाटो भएपछि यस बर्ष मह शिकार कार्यक्रममा आन्तरिक पर्यटकहरु भित्रिने सक्ने वडा कार्यालयले जनाएको छ । बैशाख १५ गतेदेखि मह काढ्न सुरु गर्छौ वडा अध्यक्ष घर्तिले भन्नुभयो बैशाख १९ गते रमुवाको ठुलो भिरमा सम्पुर्ण दर्शकहरुलाई देखाउने गरि मह काढ्ने कला देखाईने बताउनुभयो ।
१५ गतेदेखि १९ गतेसम्म काढिने महलाई जम्मा गरि अन्तिम दिन ५० रुपियाका दरले मह चखाईने स्थानियको भनाई छ । त्यस्तै स्थानियले खरिद गरि लैजान सक्ने ब्यवस्था समेत मिलाईने क्लबले जनाएको छ ।
कार्यक्रमले गलकोट रमुवा सँगै सम्पुर्ण गलकोट क्षेत्रको पर्यटन प्रवद्र्धन हुने पाण्डवखानीका समाजसेवि मानसिह छन्त्यालले बताउनुभयो ।

भिर मौरीको मह स्वास्थ्यवद्र्धक मानिने हुँदा यसको व्यावसायिकीकरणको सम्भावना उच्च रहेको छन्त्यालले बताउनुभयो । “गलकोटको धेरै ठाउँमा भिर मौरी भए पनि मह काढ्ने गरिएको छैन”, उहाँले भन्नुभयो, रमुवाको मह सिकार कार्यक्रमले शिकार हेर्ने अवसर पनि जुटाएको छ ।”
अग्ला र कहालिलाग्दो भिरमा मह शिकार गरेको दृश्यले सबैलाई आकर्षित गर्ने उहाँको भनाई छ । शिकार नगर्दै मह किन्नका लागि माग आइरहेको आयोजकले जनाएको छ । अधिल्लो बर्षसम्म स्थानियले मिलेर मह काढ्ने र आफ आफुमा बाधेर खाने चलन थियो ।
आफुले पाएको मह बचेर केहि स्थानियले हजारौ आम्दानी गर्ने गरेका थिए । तर यस बर्ष ब्यवस्थित तरिकाले मह काढिने भएकाले कार्यक्रममा सहभागी हुनेले समेत मह पाउने आयोजकले जनाएको छ । बैशाख १५ देखि १९ गतेसम्म सरस्वती युवा क्लबले बिभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रमको समेत आयोजना गरेको हुदाँ मह सिकार कार्यक्रम प्रभावकारी हुने स्थानियको अपेक्षा छ ।
