बागलुङका दश पालिकाको बेरुजु ३४ करोड ४२ लाख बढी

बागलुङ, २५ जेठ । बागलुङ जिल्लाका दश स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८० मा रु. ३४ करोड ४२ लाख बढी बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले गतआईतबार सार्वजनिक गरेको ६१औं बार्षिक प्रतिवेदन अनुसार बागलुङका १० वटा स्थानीय तहमा रु. ३४ करोड ४२ लाख २५ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

बजेट अनुपातका आधारमा बागलुङमा सबैभन्दा बढी रकम बेरुजु निसीखोला गाउँपालिका (७.६३ प्रतिशत) र सवैभन्दा कम बेरुजु बरेङ गाउँपालिकामा (०.७१ प्रतिशत) देखिएको छ । निसीखोला गाउँपालिकाको रु. १ अर्ब १ करोड १३ लाख २२ हजार रुपैयाँको लेखापरीक्षण गरेकोमा रु. ७ करोड ७२ लाख ३ हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै बरेङ गाउँपालिकाको ७६ करोड ३३ लाख ८१ हजार रुपैयाँ लेखापरीक्षण गरेकोमा रु. ५४ लाख १८ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ ।

महालेखाको प्रतिवेदन अनुसार बागलुङ नगरपालिकाको २ अर्ब ९० करोड १७ लाख २१ हजार रुपैयाँ लेखापरीक्षण गर्दा रु. ५ करोड ३४ लाख ८४ हजार रुपैयाँ, गलकोट नगरपालिकाको १ अर्ब ३३ करोड ३६ लाख ४८ हजार रुपैयाँ लेखापरीक्षण गर्दा २ करोड १ लाख ८६ हजार रुपैयाँ, जैमिनी नगरपालिकाको १ अर्ब ८२ करोड २७ लाख ५९ हजार रुपैयाँ लेखापरीक्षण गर्दा १ करोड ३४ लाख १९ हजार र ढोरपाटन नगरपालिकाको १ अर्ब ८ करोड ५२ करोड १७ हजार रुपैयाँ लेखापरीक्षण गर्दा २ करोड ३४ लाख ३२ हजार रुपैयाँ बेरुजु रहेको छ ।

यस्तै काठेखोला गाउँपालिकाको १ अर्ब ५६ करोड २५ लाख ३७ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ५ करोड ७७ लाख १९ हजार रुपैयाँ, तमानखोला गाउँपालिकाको ५९ करोड ३६ लाख ८५ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड १९ लाख ५१ हजार रुपैयाँ, ताराखोला गाउँपालिकाको ८८ करोड ५१ लाख ३० हजार रुपैयाँको लेखापरीक्षण गर्दा ६ करोड ३२ लाख ३५ हजार रुपैयाँ र बडिगाड गाउँपालिकाको १ अर्ब ३५ करोड ८८ लाख ७० हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ८१ लाख ६८ हजार रुपैयाँ बेरुजु भएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here