
बागलुङ, १६ फागुन
बागलुङका उद्योगी व्यावसायिहरुले व्यवसायिक कर्जामा भएको उच्च व्याजदर समायोजन गर्न माग गरेका छन् ।
बागलुङ चेम्बर अफ कमर्सको बैकठले उद्योगी व्यापारीको ऋण कर्जामा भएको उच्च ब्याजदर तत्कालन समायोजन गर्न जिल्ला स्थित वित्तिय संघ संस्था, वाणिज्य बैकहरुलाई अनुरोध गरेको हो ।
बैठकले नगरपालिका र गाउँपालिकाले लगाएको व्यावसायी कर, घरबहादल कर उच्च रहेकाले समायोजनका लागि अनुरोध गर्ने निर्णय गरेको बागलुङ चेम्बर अफ कमर्सका अध्यक्ष दोर्ण कुँवरले जानकारी दिनुभयो ।
बैठकको निर्णय विहिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै अध्यक्ष कुँवरले घररबहादलमा लगाएका घरधनीलाई संस्थाको तर्फबाट बजार अनुसार वैज्ञानिक घरबहाल दररेट निर्धाण गर्न अनुरोध गर्ने निर्णय भएको बताउनुभयो । ‘व्यवसायिहरु दोहोरो मारमा परे’ उहाँले भन्नुभयो– घरभाडा र घरबहाल कर तिर्दा समस्या भएको छ ।’
मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर, कोरलानाका संचालन, सालझण्डी–ढोरपाटन सडक अर्नाकोट विमानस्थल, बलेवा विमानस्थल, ढोरपाटन एअरपोर्ट, उत्तरगंगा जलाशय लगायतका विषयलाई अगाडि बढाउन सरोकारवाला निकायसँग छलफल चलाउन बताइएको छ ।
चेम्पर अफ कमर्शले नागरिकको सेवाको लागि एम्बुलेन्स सेवा संचालन गर्ने, जिल्लाको पर्यटन, कृषि, उर्जा, क्षेत्रमा लगानी मैत्री वातावरण बनाउन कार्यक्रम संचालन गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिल शिरीषले उपभोक्ताको हितलाई ध्यान दिँदै व्यवसायीक हकहितको पक्षमा एकीकृत हुनुपर्ने बताउनुभएको थियो । कार्यक्रम सचिव सन्तोष क्षेत्रीको स्वागत र नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
