
बागलुङ, ९ माघ ।
बागलुङ नगरपालिका–१ रामरेखामा जिल्ला तेक्वान्दो संघ बागलुङले ७ वर्ष पहिलै निर्माण थालेको आधुनिक कवर्डहल बजेट आभावका कारण अलपत्र परेको छ ।
२०७० सालमा निर्माण शुरु गरिएको सुविधा सम्पन्न कवर्डहल बजेट अभावका कारण हालसम्म पनि सम्पन्न गर्न नसकेको बुधबार जिल्ला तेक्वान्दो संघ बागलुङले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । नेपाल तेक्वान्दो संघ अन्र्तगत रहेका जिल्ला संघ मध्ये नेपालकै ठूलो तथा सुविधा सम्पन्न कवर्डहल आवश्यक वजेट प्राप्त नहुँदा अलपत्र परेको जिल्ला तेक्वान्दो संघका अध्यक्ष दिपेन्द्र बाँस्कोटाले बताउनुभयो ।
तत्कालिन समयमा ८७ लाख रुपैयाँ लागतको अनुमान गरि निर्माण सुरुवात गरिएपनि हालसम्म सरकारी पक्ष र पूर्व खेलाडीहरुको सहयोगबाट ४६ लाख रुपैयाँ संकलन भएपनि रकम अभावका कारण निर्माणमा ढिलाई भएको संघका अध्यक्ष बास्कोटाले जानकारी दिनुभयो । ‘हामीले निर्माण सुरुवातको समयमा ८७ लाख रुपैयाँको लागत अनुमान गरि काम सुरुवात गरेका थियौं’, अध्यक्ष बास्कोटाले भन्नुभयो–‘हालसम्म ४६ लाख ६२ हजार ६ र ४० रुपैयाँ संकलन भएको छ र निर्माणको क्रममा ४२ लाख रुपैयाँ खर्च भएको छ ।’ अध्यक्ष बास्कोटाले बजेट अभावको कारण निर्माणमा ढिलाई हुँदा बाहिर रकम खाएको आरोप लाग्ने गरेको हल्ला सुनेको बताउँदै कसैलाई भवन निर्माणमा लापारबाहि भएको लागेको भए एक–एक रुपैयाँको हिसाव देखाउन आफुहरु तयार रहेको बताउनुभयो ।
अध्यक्ष बास्कोटाले कवर्डहल निर्माणको लागि पूर्वखेलाडी सिदार्थ श्रेष्ठको नेतृत्वमा जापानबाट १० लाख ५८ हजार ३ सय १५ रुपैयाँ प्राप्त भएको र जिल्ला खेलकुद विकास समितिबाट ९ लाख ७० हजार रुपैयाँ, जिल्ला समन्वय समितिबाट ६ लाख २० हजार ९ सय ६० र बागलुङ नगरपालिकाबाट ५ लाख २९ हजार ५ सय २० रुपैयाँ रकम प्राप्त भएको बताउनुभयो । बास्कोटाका अनुसार अन्य पूर्वखेलाडीहरुबाट पनि रकम प्राप्त भएको जानकारी दिनुभयो । ‘हाल कर्वड हलमा आरसिसि पिल्लर हालेर छाना छाउने काम मात्र भएको छ, कवर्डहल निर्माण गर्नका लागि समेत बजेट छैन,’ अध्यक्ष बास्कोटाले भन्नुभयो ‘कवर्डहलमा खेल सञ्चालनका लागि आवश्यक अन्य पूर्वाधार खडा गर्न करोड वढी लाग्छ ।’
संघका सचिव परशुनारायण बोहोराको अनुसार चालु आर्थिक वर्ष २०७५÷०७६ मा जिल्ला खेलकुद विकास समितिबाट १० लाख रुपैयाँ प्राप्त भएकाले तत्काल कामको सुरुवात गरिने बताउनुभयो । सचिव बोहोराले कबर्डहलको यस वर्षनै निर्माण पुरा गर्ने लक्ष्य लिएको बताउँदै बागलुङ नगरपालिका, प्रदेश सरकार र केन्द्रिय सरकारबाट सहयोगको अपेक्षा रहेको र आग्रह गरेको बताउनुभयो । कवर्डहल निर्माण गर्न अझै ४२ लाख रुपैयाँ खर्च लाग्ने जिल्ला तेक्वान्दो संघले जनाएको छ ।
यस्तै २०७२ सालको असारमा अविरल वर्षाका कारण कवर्डहलका ३ पिल्लर भासिएपछि लागत अनुमान बाहेक १० लाख बढी खर्च लागेको संघका सचिव बोहोराले बताउनुभयो । बागलुङमा तेक्वान्दो खेलको प्रशिक्षणको लागि हलको अभाव हुँदा महिला तथा पुरुष खेलाडीहरु प्राप्त उत्पादन हुन नसकेको साथै हल नहँुदा खेल आयोजना गर्दा खृुल्लाचौर तथा विद्यालयमा आयोजना गर्न परेको संघका अध्यक्ष बास्कोटाको भनाई छ । कबर्डहलको ढिलाइएको कारण खुल्लाचौरमा अभ्यास गर्दा खेलमा ध्यानदिन गाह्रो हुने गरेको कारण प्रतियोगितामा समेत राम्रो नतिजा प्राप्त गर्न नसकेको खेलाडीहरुको गुनासो रहेको छ ।
खेलकूदको क्षेत्रको विकास गर्नका लागि यस्ता खाले संरचना निर्माणमा स्थानीयतहले ध्यान दिनुपर्ने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष धन बहादुर परियारले बताउनुभयो । रामरेखा सामुदायक वनले जिल्ला खेलकुद विकास समिति बागलुङलाई निशुल्क प्रदान गरेको ३० रोपनी जग्गाबाट केहि भागमा उक्त भवन निर्माधिन रहेको अध्यक्ष परियारले बताउनुभयो ।
कवर्डहल निर्माण सम्पन्न भएमा २ ओटा सुविधा सम्पन्न एरिना (रिङ)मा तेक्वान्दो, कराँते, उस्सु, गुजरीयो कराँते, बक्सीङ लगाएतका इनडोर (छानामुनी)े खेल खेल्न सकिने छ भने करिव ३ सय दर्शकले एकैसाथ हेर्न सक्नेछन् । जिल्लामा खेल क्षेत्रको विकासमा टेवा पु¥याउने लक्ष्यका साथ निर्माण शुरु भएको कवर्डहल सरोकारवालाहरुको वेवास्ताका कारण अलपत्र वनेको खेलप्रेमीहरुले गुनासो गरेका छन् ।
