बागलुङ, २ पुस ।
बागलुङ सदरमुकाम बागलुङ बजारदेखि काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा संचालन हुने गाडीहरुको भाडा समायोजन गरिएको छ ।
काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका वडाअध्यक्ष प्रमे बहादुर जिसी सहित रेशमा संचालन हुने गाडी व्यवसायीहरु विच भएको बैठकले गाडीहरुको भाडा तोकेको हो ।
बैठकले प्रति व्यक्ति रेशको तिङरिङदेखि बागलुङ बजारसम्म २५० रुपैयाँ, म्याउदीदेखि बागलुङ बजारसम्म २ सय ३० रुपैयाँ, बैन्यानदेखि बागलुङ बजारसम्म २०० रुपैयाँ, मुलाबारीदेखि बागलुङ बजारसम्म १९० रुपैयाँ, झाक्रीथानदेखि बागलुङ बजारसम्म १९० रुपैयाँ, वडा कार्यालय नुन्थलादेखि बागलुङ बजारसम्म १८० रुपैयाँ, दामगाडेदेखि बागलुङ बजारसम्म १८० रुपैयाँ, आरीम्पाटादेखि बागलुङ बजारसम्म १७० रुपैयाँ, कुँवरचोकदेखि बागलुङ बजारसम्म १७० रुपैयाँ, कमेरखोल्सादेखि बागलुङ बजारसम्म १६५ रुपैयाँ, कुकुरकाटे घुम्तीदेखि बागलुङ बजारसम्म १६० रुपैयाँ र चौरीदेखि बागलुङ बजारसम्म १५० रुपैयाँ भाडादर तोकिएको वडा अध्यक्ष जिसीले जानकारी दिनुभयो ।
रेशबाट बागलुङ बजारमा संचालन हुने जीप, पिक अपले प्रति किलोमिटर १२ रुपैयाँको दरले भाडा समायोजन गरिएको हो । उक्त भाडा दर पुस १ गतेदेखि लागु गरिएको वडाअध्यक्ष जिसीले जानकारी दिनुभयो ।
गाडी व्यवसायीहरुले मनलाग्दी तरीकाले भाडा असुल गर्दा रेशका नागरिकहरुलाई असर पुगेकोले भाडादर कायम गरिएको वडाअध्यक्ष जिसीले बताउनुभयो । जिसीले भाडादर तोकेपछि सवैलाई यात्राको लागि सहज हुने बताउनुभयो ।
