
बागलुङ, १४ मंसिर
सानिमा बैंक सहित गैर आवासीय नेपालीहरुले प्रबर्धन गरेको सानिमा लाइफ इन्स्योरेन्सले बागलुङमा पनि आफ्नो सेवा सुरु गरेको छ ।
धौलागिरीका म्याग्दी, पर्वत, मुस्ताङ र बागलुङ जिल्ला हेर्ने गरि बागलुङ बजारमा कार्यालय स्थापना गरेर सेवा सुरु गरिएको बागलुङ शाखा प्रमुख बलराम कँडेलले जानकारी दिए । ‘भदौदेखि नै हामीले बागलुङ शाखाबाट काम सुरु गरेका छौँ,’ प्रमुख कँडेलले भने, ‘कार्यालयको औपचारिक उद्घाटन भने हुन बाँकी छ ।’

विमितलाई प्रयाप्त लाभ हुने गरि विपन्न र कम आम्दानी भएका विमितले समेत विमा गर्न सक्ने खालका विमा योजना सानीमाले अघि सारेको कँडेलले बताए । ‘कम भन्दा कम आम्दानी भएका ग्राहकले पनि विमा गर्नसक्ने र आफूले विमा गर्ने बेलामै बोनस कति पाईन्छ भन्ने थाहा हुने खालका विमा योजना हामीसँग छन्,’ उनले थपे, ‘हाम्रा विमा योजना विमितलाई धेरै भन्दा धेरै फाईदा हुने खालका छन् ।’
यी हुन्, सानिमा लाईफ इन्स्योरेन्सका ग्राहहकमूखी विमा योजनाहरु ।
– ‘सानिमा जीवन श्री’ मा ७० रुपैयाँ बोनस ग्यारेन्टी
– शुभलक्ष्मी जीवन बीमा योजना
– दम्पती सावधिक जीवन बीमा योजना,
– बाल सौगात बीमा योजना
