
बागलुङ, १५ कार्तिक ।
काठेखोला गाउँपालिकाले वडा नम्बर ६ का कृषकहरुको लागि २२ ओटा मिनी पावर टिलर (यान्त्रीक हलो) हस्तान्तरण गरेको छ ।
काठेखोला गाउँपालिका र वडा नम्बर ६ ले काठेखोला गाउँपालिका वडा नम्बर ६ का ७ ओटा कृषक समुहलाई २८ ओटा हलो वितरण गरेको छ । गाउँपालिकाले ५२ हजार रुपैयाँ पर्ने हलोलाई अनुदानमा २६ हजार रुपैयाँमा हस्तान्तरण गरेको हो ।
काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले कृषिमा आधुनिकरणको प्रयोग बढिरहेकाले अहिले कृषकहरु यान्त्रीक हलो तर्फ लागेकाले गाउँपालिकाले अनुदानमा हलो वितरण गरेको बताउनुभयो । उहाँले कृषकहरुलाई कृषि क्षेत्रमा अगाडी बढ्नको लागि सहयोग गर्ने र काठेखोलालाई कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्ने कार्यक्रम अन्तरगत कृषकहरुको लागि सहज बातावरण सिर्जना गर्ने काम गरिरहेको बताउनुभयो ।
उक्त अवसरमा काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर विक, जिल्ला सूचना तथा संचार सहकारी संघ बागलुङका उपाध्यक्ष खिम बहादुर कार्की, कृषक धनपति कंडेल र पंगाली मेसिनरी बागलुङका प्रोपाईटर कलानिधी पौडेलले बोल्नुभएको थियो ।
काठेखोला गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष युक्तप्रसाद कंडेललको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत बडासचिव लिला थापा र स्वागत लिलाधर कंडेलले गर्नुभएको थियो ।
