गुहेली सहकारीको १२ औं वार्षिक साधारणसभामा ५ जना सम्मानीत

बागलुङ, १३ असोज
संघिय सांसद मनकुमारी केसीले सहकारीले ऐन नियम र उद्देश्य अनुरुप कार्य गर्नुपर्ने बताउनुभएको छ । गुहेली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १२ औं वार्षीक साधारण सभाको अवसरमा बोल्दैं उहा“ले यस्तो बताउनुभएको हो । केसीले पछिल्लो समय सहकारीले ऐन नियमभन्दा बाहिर गएर काम गर्दा नियम अनुसार सञ्चालनमा आएका सहकारी संस्थाहरुलाई समेत गलत प्रभाव परेको भन्दैं ऐन नियम र कानुनभन्दा माथि उठेर कुनैपनि कार्य गर्न नहुने समेत बताउनुभएको थियो ।
ग्रामिण भेगमा रहेर सञ्चार सहकारीले पत्रिका र अनलाइन पत्रिका सञ्चालन गर्दै आएको प्रति खुसी व्यक्त गर्दै केसीले सहकारीको माध्यमबाट सञ्चार क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दैं धन्यवाद ज्ञापन गर्नुभएको थियो । सहकारीले साधारणसभाको अवसरमा का“ठेखोला गाउ“पालिकमा जन्मेर सहकारी र सञ्चार क्षेत्रमा उदाहारणिय कार्य गरेको भन्दैं राष्ट्रिय सहकारी बैंङकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी सस्थाका सम्पादक रामबहादुर जिसीलाई सम्मान गरेको छ । त्यस्तै का“ठेखोला गाउ“पालिकामा जन्मेर निजामती सेवा मार्फत समाजसेवा गरेको भन्दैं का“ठेखोला गाउ“पालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर विक र सहकारी मार्फत उद्योग सञ्चालन गरेको भन्दैं सप्तरङगी सामाजिक महिला उद्यमी सहकारी संस्थाका अध्यक्ष थमकुमारी श्रीषलाई सम्मान गरेको छ ।
त्यस्तै संस्थापक संयोजक भुमिश्वर उपाध्याय र बाल बचत कर्ता गुरास पौडेललाई पनि सम्मान गरिएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी बैंङकका सञ्चालक रामबहादुर जिसी, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, काठेखोला गाउ“पालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर विक, जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष मणिभद्र शर्मा, काठेखोला गाउ“पालिका वडा नम्बर २ का वडा अध्यक्ष विद्यापती शर्मा, वडा नम्बर ६ का अध्यक्ष युक्तप्रसाद कंडेल, जिल्ला सहकारी संघ बागलुङका ऋण उपसमिति सदस्य प्रेम बहादुर केसी, सप्तरङगि सामाजिक महिला उद्यमी सहकारी संस्थाका अध्यक्ष थमकुमारी श्रीष र पाला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गोविन्द बहादुर खड्का लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रम गुहेली संञ्चार सहकारी संस्था लिमिटेड बागलङका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष खिमकुमारी शर्माको स्वागत र सचिव सुर्य बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
सहकारीले २ करोड १५ लाख ३८ हजार ५ सय ८८ रुपैयाको कारोबार गरेको छ । त्यसैगरी सहकारीले सञ्चालक र लेखा समिति पूर्नगठन गरेको छ । समितिको अध्यक्षमा खिमबहादुर कार्की, उपाध्यक्षमा सिता शर्मा, सचिवमा सुर्य बहादुर थापा, कोषाध्यक्षमा प्रसाद थापा, सह–सचिवमा पार्वती शर्मा र सदस्यहरुमा नविन शिशिर, चित्र बहादुर कार्की, लक्ष्मी थापा, भिमबहादुर केसी, तारा थापा र भुमिश्वर उपाध्याय रहनुभएको छ । त्यस्तै लेखा समिति संयोजकमा गिता हमाल र सदस्यहरुमा इन्द्र बहादुर जिसी र विष्णु केसी रहनुभएको छ ।