
अर्जुन कार्की
बागलुङ, ४ भदौ ।
देश संघियतामा गएपछि देशमा मुख्य मुख्य बजारमा व्यापार घटि रहेको छ । व्यापार व्यवसाय गरिरहेका पुराना व्यवसायीहरु पनि के गर्नेहोला भन्ने दोधारमा रहेका छन् । देशभरको व्यापार घटिरहेको अवस्थामा बागलुङको सदरमुकाम बागलुङ बजारमा पनि व्यवसाय गर्नेहरु अहिले दिनभर ग्राहकको बाटो हेरेर बसिरहन्छन् । स्थानिय तहहरुले सरकारी कामहरु गरिदिएपछि गाउँ–गाउँबाट आउने ग्राहकहरु अहिले गाउँमै काम बनेपछि आउने क्रम घटिरहेको अवस्थामा बागलुङ बजारको व्यापारमा पनि गिरावट आएको छ ।
बागलुङमा व्यापार घटेर व्यवसायीहरुले दोस्रो बाटो खोजी रहेको बेलामा इन्डियन आर्मीबाट रिडार्यड आएका बानपा–२ का बल बहादुर खड्का र पर्वतको जलजला गाउपालिका ७ धाईरिङ वास्वोट घर भई विगत एकदशक देखि बागलुङमा व्यवसायिक पत्रकारीता गरिरहेका पत्रकार सुवास आचार्यले संयुक्त लगानीमा खड्का जुत्ता, चप्पल उद्योग संचालनमा ल्याएका छन् । नाताले ससुरा र ज्वाईपर्ने खड्का र आचार्यले पहिलो चरणमा १५ लाख भन्दा वडीको लगानी गरेर उद्योग स्थापना गरेको र आगामी दिनमा ३५ लाख लगानी थप गर्ने योजना बनाएका छन् । संचालक आचार्यका अनुसार बजारमा माग बढ्दै गएमा लगानी बढाउन सकिने छ ।
देश संघियतामा गएपछि अहिले ग्रामिण भेगहरुमा पनि बजारहरुको विस्तार भईरहेको र अब बागलुङलाई आयातीत गर्ने जिल्लाको नामले मात्र चिनाउनु नभएर निकासी गर्ने जिल्लाको रुपमा पनि चिनाउने उद्देश्यले उद्योगको स्थापना गरिएको संचालक आचार्यले बताए । आचार्यले भने बजारको व्यापार घटिरहेकाले अब सामान आयातित गरेर मात्र विक्री गरेर केही हुँदैन त्यसैले उद्योग संचालन गरेर सामान विक्रि गर्नुपर्छ भन्ने लागेर उद्योग स्थापना गरेका हौं ।

‘हामीले पहिलो चरणमा विगतको धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई मध्यनजर गर्दै पहिलो चरणमा महिलाहरुको लागि चप्पल उत्पादन गरिरहेका छौ’ं उधोगी आचार्यले भने–‘केही समयमै पुरुषको लागि चप्पलका साथै जुत्ताहरुको पनि उत्पादन गर्नेछौं ।’ ‘उद्योग खोल्नुको पहिलो प्राथमिकता भनेको धौलागिरी अञ्चल वासीले सहज र सुपथ मुल्यमा चप्पल प्रयोग गरुन भन्ने हो’ आचार्यले भने त्यसको लागि सर्वसुलभ मुल्यमा स्थानियस्तरमै उत्पादन गरेर विक्रि गरेका हौं ।’
चप्पल निर्माणको लागि सवै कच्चा पदार्थहरु भारतबाट ल्याउने गरेको संचालक आचार्यले बताए । उद्योगमा कच्चा पदार्थको साथै कामदारहरु पनि भारतीय नै रहेका छन् । नेपालमा चप्पल बनाउनको लागि कच्चा पदार्थ पाईदैन त्यसैले भारतमै गएर ल्याउनुपर्छ आचार्यले भने अहिले उद्योगमा ५ जना भारतीय कामदारहरुले काम गरिरहेका छन् ।’ उद्योगबाट अहिले हिल सेन्डिल र फल्याट गरी ३० प्रकारका लेडिज चप्पलहरु उत्पादन भईरहेका छन् । उद्योगमा उत्पादन भएका चप्पलहरु अहिले आफैले सक्सेस फुट्वयर नामक पसल संचालन गरेर विक्रि गरिरहेको संचालक आचार्यले बताए । ‘हामीले होलसेल तथा खुद्रा मुल्यमा आफ्नै पसलबाट विक्रि गरिरहेका छौं’ आचार्यले भने–‘बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा रहेका अन्य पसलहरुलाई होलसेल मुल्यमा विक्रिको लागि बजारको अवस्था बुझिरहेका छौैं त्यो चाडै हुनेछ ।’
अर्का संचालक खड्काले उत्पादन भएका चप्पलहरु पोखरा वाट समेत माग भएको वताउनु भयो । ‘हाम्रो उत्पादनहरु पोखराका व्यापारीहरुले हेर्नुभयो’ संचालक खड्काले भन्नुभयो–‘उहाँहरुले चप्पल क्वालिटिका भएको र मुल्य पनि सस्तो भएकाले विक्रि गर्नको लागि पोखरामा ल्याइदिन आग्रह गरेकाले अब चाडै धेरै उत्पादन गरि पोखरामा समेत विक्रि गरिने छ ।’
संचालक आचार्यले आफु पत्रकारीतामा रहेपनि विचमा युरोप जाने चाहन रोकेर नेपालमै केही गर्ने चाहनाको साथ धौलागिरीमै नया व्यवसाय भित्राएको बताए । पत्रकारीतामा लागि रहेका बेला रोजगारीको लागि युरोपको लागि मैले तयारी गरिरहेको थिए आचार्यले भने–‘आफु जस्ता युवाहरु विदेश मात्र गईरहेको विदेशी मोह त्यागेर व्यवसायमा लागुको हु ।’ बागलुङमा रहेर एक दशक पत्रकारीता गरेका आचार्यले आफु व्यवसायमा लागे पनि पत्रकारीतालाई कहिले नछोड्ने बताए । ‘मेरो पहिरो प्राथमिकता पत्रकारीता हुन्छ किनकी मैले एक दशक देखी पत्रकारीतामा लागेको छु र पत्रकारीताबाटै म स्थापित पनि भएको हो’ आचार्यले भने–‘पत्रकारीताबाट रहेको र खाली समयमा व्यवसायमा समय दिने र व्यवसायलाई अगाडी बढाउने सोच छ ।’
