
रामप्रसाद घिमिरे
बागलुङ, २९ असार ।
निसीखोला गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को लागि २७ करोड ३१ लख ५६ हजार १ सय ५७ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
शुक्रबार सम्पन्न तेस्रो गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष शोभाकुमारी कार्कीले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम साथै बजेट प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिकाले आव २०७५/७६ को चालु तर्फ गाउँपालिकाको लागि ४ करोड १९ लाख र सम्पूर्ण वडाहरुको लागि ३१ लाख विनियोजित गरेको छभने पुजीगत खर्च तर्फ गाउँपालिकाको लागि ६ करोड ८७ लाख र वडाहरुको लागि ३ करोड ९९ लाख रुपैयाँ विनियोजित गरेको छ ।

यस्तै पुँजीगत तर्फको चालु खर्च तर्फ २ करोड ४० लाख रुपैयाँ विनियोजित गाउँपालिकाको लागि जम्मा १३ करोड ४६ लाख, वडाहरुको लागि ४ करोड २० लाख र शस्सर्त अनुदान (शिक्षा र स्वास्थ्यको लागि) तर्फ ९ करोड ६५ लाख गरी जम्मा २७ करोड ३१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको उपाध्यक्ष कार्कीले जानकारी दिइन ।
गाउँपालिकाको लागि संघिय संसदको बजेट घोषणाबाट वित्तिय समानिकरणमा ८ करोड ३४ लाख ७१ हजार, राजश्व बाडफाडमा ७ करोड १५ लाख ४४ हजार, शस्र्सत अनुदान तर्फ ९ करोड ६५ लाख गरी जम्मा २५ कोड १५ लाख १५ हजार रुपैयाँ र प्रदेश सरकारबाट समानिकरण तर्फ १ करोड १३ लाख ९७ हजार रुपैयाँ र राजश्व बाँडफाँड तर्फ २द्द लाख ३४ हजार १ सय ५७ रुपैयाँ विनियोजित भएर आएको र उक्त बजेटलाई ध्यान दिएर बजेट विनियोजित गरिएको गाउँपालिकाकी उपाध्यक्ष शोभा कार्कीले जानकारी दिइन ।

गाउँपालिकाले प्रस्तुत गरेको बजेट बन्दसत्रबाट सर्वसम्म रुपमा पारित भएको गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत शुसिल पनेरुले बताए ।
यस्तै गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को लागि एक वडा एक उत्पादन, वडा वडामा सहकारी घरघरमा रोजगारी, पशुपालन र तरकारी खेतीमा कृषकलाई आकर्षक अनुदान, बालबालिकाको लागि एक वडा एक बालउद्यान स्थापना, पूर्वधार तर्फः हाम्रो सडक हाम्रो सहभागिता, स्तरिय सडक हाम्रो प्रतिवद्धता भन्ने नारा राखेर दिगो स्तोरोन्नती, विपत जोखिम उद्दारकोष स्थापना गरिने लगायतका नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
गाउँपालिकाले आफ्ना सवै कार्यक्रमहरुलाई सूचना प्रविधिको माध्यमबाट जानकारी गराउने उद्देश्यले अनलाइन सिस्टम संचालन गर्ने, कार्यक्रमहरुलाई गाउँपालिकाको वेभसाइटबाट नियमित जानकारी गराउने र गाउँपालिकाको आन्तरिक सुरक्षाको लागि सिसि क्यामरा जडान गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए ।
निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको गाउँसभाको संचालन योजना अधिकृत पुरुषोत्तम गौतमले गरेका थिए ।

