बर्षाका कारण गहतेमा निर्माणधिन कुखुरा फार्म भत्कियो

81

बागलुङ, १९ असार ।
बर्षाका कारण बागलुङ नगरपालिका–३ गहतेमा जमिन भाँसिएर निर्माणधिन एक कुखुरा फार्म भत्किएको छ ।
बानपा–३ का पारस केसी र कृष्ण भण्डारीले निर्माण गरेको फार्म जमिन भाँसिएर भत्किँदा ४ लाख ५० भन्दा वढीको क्षेती भएको हो ।
३० मिटर लम्वाई र १० चौडाई रहेको दुई तल्लामा २ हजार कुखुरा पालन गर्ने तयारी गरी वनाइएको भवन निर्माण सम्पन्न नहुदै भत्किएको छ ।
निर्माणाधिन भवन बर्षाका कारण जमिन गलेर भाँसिएपछि भत्किएको थियो । गाउमै स्वरोजगार वन्ने उदेश्यले कुखुरा पानल गर्ने तयारी गरेको भएपनी पुर्णता नपाउदै विपती आईलागेको संचालनक भण्डारीका छोरा कर्ण भण्डारीले बताउनुभयो ।
एक तला पुरेर माथिल्लो तलाको काम हुदै गर्दा झरी परेपछी भत्किएको हो । फार्मको भवन निर्माण गर्न प्रयोग गरेका काठ तथा इट्टा समेत काम नलाग्ने गरी भत्किएको छ ।
निरन्तरको बर्षा र फार्मभन्दा माथि रहेको सिंचाईंको कुलोबाट निरन्तर पानी बगेका कारण फर्म भत्किएको संचालक केसीले बताउनुभयो ।