काठेखोला गाउँपालिकाको प्रस्तावित बजेट ३२ करोड

276

बागलुङ, १० असार ।
काठेखोला गाउँपालिकाले ३२ करोड ७९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका प्रमुख अमर थापाले तेस्रो गाउँ सभामा निति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । काठेखोलाले पुर्वाधार निर्माणलाई निती कार्यक्रम तथा बजेटमा जोड दिएको छ ।
पुर्वाधार निर्माण तर्फ कुल बजेटको ३९ प्रतिशत बजेट बिनियोजन गरिएको छ भने आर्थिक विकासमा ७, सामाजिक विकासमा ८, बिपत व्यवस्थापनमा २, सुशासन र संस्थागत विकासमा २, ८ वडाका लागि ३५ र अन्य थप कार्यक्रमका लागि ७ प्रतिशत बजेट बिनियोजन गरिएको काठेखोला गाउँपालिकाका सार्वजनिक तथा क्षमता विकास समितिका संयोजक कार्यपालिका सदस्य टिकासंगम बिकले जानकारी दिनुभयो ।
बिकका अनुसार, पुजिगत तर्फ ९ करोड ४९ लाख ३३ हजार ८ सय ३८ रुपैयाँ बिनियोजन गरिएको छ भने चालु तर्फ ४ करोड ५५ हजार ५ सय ७७ रुपैयाँ बिनियोजन गरिएको छ ।
गाउँ सभामा प्रस्तुत भएको निती कार्यक्रम तथा बजेट माथि अब बिषयगत रुपमा छलफल गरेर १८ गते बस्ने गाउँ सभाले पारित गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले गर्नुभएको थियो ।

Kathekhola Gaun Sabha IIIrd finel