बागलुङमा सिद्धार्थ बैकंको शाखा स्थापना

43

बागलुङ, २२ माघ
बागलुङ सदरमुकाम बागलुङ बजारमा सिद्धार्थ बैकंको शाखा स्थापना गरिएको छ ।
बैकको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष जयराम भारीले रिबन काटेर र सिद्धार्थ बैंकका संचालक समितिका सदस्यद्वय वीरेन्द्र कुमार शाह र दिनेश शंकर पालिखेले दिप प्रज्वलन गरेर संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन पछि बोल्दै बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले लगानीको सुरक्षासंगै ग्राहकलाई दिईने सेवासुविधा प्रभावकारी बनाउन आग्रह गर्नुभएको थियो । युवाहरुलाई स्वारोजगार बनाउने वातावरण सिर्जना गर्नका लागि उत्पादनशिल क्षेत्रमा लगानी गर्न भारीले आग्रह गर्नुभएको थियो ।
सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकारी सुन्दर कँडेलले बागलुङलाई व्यवसायीक केन्द्र बनाउन आफ्नो बैंकले सहकार्य गर्ने बताउनुभयो । जिल्लामा उर्जा, व्यापार, पर्यटन, साना व्यवसाय, उद्योग, कलकारखान, घरेलु उद्योग, कृषि, पर्यटन, शिक्षा, पशुपालन लगाएतका व्यवसायीक संभावना भएको बताउँदै कँडेलले साना व्यवसायी र युवा व्यवसायीहरुलाई लक्षित गरेर सानो व्यवसायी कर्जा छिटो छरितो तरिकाले दिने व्यवस्था गर्ने बताउनुभयो ।
विगत १५ वर्ष अगाडी स्थापना भएको यस बैंकको ९५ ओटा शाखा रहेको सहायक प्रमुख कार्यकारी अधिकृत सुन्दर कँडेलले जानकारी दिनुभयो । बैंकले विशेष गरी उर्जा, व्यापार, पर्यटन, साना व्यवसाय, उद्योग, कलकारखान, घरेलु उद्योग, कृषि, पर्यटन, शिक्षा, पशुपालन लगाएतका क्षेत्रमा कर्जाको व्यवस्था गरेको छ ।
त्यस्तै बैंकले मोबाईल बैंकिङ सेवाबाट पानी, विद्युत र टेलिफोन लगाएतको महशुल भुक्तानी र कुनै सामान खरिद गर्न परेमा १० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । अहिले यस बैंकको ५ लाख भन्दा बढी ग्राहक रहेका छन् ।