
खवर वे सम्वाददाता
बागलुङ, ११ असोज ।
धौलागिरी अंचल जीप व्यवसायि समिति तथा कार्यरत कर्मचारीहरुले बुधावर मानव सेवा आश्रम बागलुङलाई नगद हस्तान्तरण गरेका छन ।
बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदनप्रादन गरि नगद २५ हजार हस्तान्तरण गरेको हो । धौलागिरी अंचल जीप व्यवसायि समितिका अध्यक्ष शसीकपुर श्रेष्ठले आश्रमकी जेष्ठ नागरिकलाई हस्तान्तरण गर्नुभएको थियो ।
नगद हस्तान्तरण पछि बोल्दै समितिका अध्यक्ष श्रेष्ठले विभिन्न कारणले आफन्तबाट टाढा र बेसाहारा भई आश्रममा बस्दै आएकाहरुको दैनिकीमा सहजताका लागि रकम प्रदान गरेको बताउनुभयो ।
पछिल्लो समयमा आश्रममा सहयोग गर्ने क्रम बढ्दै गएको भन्दै सहयोग गर्ने दाताहरुलाई आश्रमका अभिभावक संयोजक मनिष रायमाझीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सोही अवसरमा मानव सेवा आश्रमका अभिभावक सदस्य शिव खड्काले आश्रमको बारेमा जानकारी गराउनुभएको कार्यक्रमको संचालन नवराज केसिले गर्नुभएको थियो । हाल आश्रममा १५ जना बस्दै आएको बताइएको छ ।
