
खवर वे सम्वाददाता
बागलुङ,०७ असोज ।
रोटरी क्लव अफ बागलुङ बानपा–९ तित्याङ्गका कृषकहरुलाई शनिबार बाख्रा वितरण गरेको छ ।
रोटरी डिष्ट्रिक ३२९२ को वार्षिक योजना तथा रोटरी क्लव अफ बागलुङको वार्षिक कार्यक्रम अनुसार बाह्र जना कृषकहरुलाई बाख्रा वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै तित्याङ्गका वडा अध्यक्ष गणेश थापाले बागलुङको आर्थिक विकास कृषिको आधुनिकरण र व्यवसायिक करणबाट मात्र सम्भव भएको बताउँदै सामाजिक संघसंस्थाले उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोडदिनुभयो ।
क्लब कृषिकहरुलाई बिना धितो बिना ब्याज बाख्राका पाठी वितरण गर्ने र पछि सट्टामा बाख्राका पाठी फिर्ता गरेको छ ।
त्यस्तै कार्यक्रममा क्लबका पूर्व अध्यक्ष दुर्गादत्त आचार्य, भवनराज वराल, के.वि.शाही, र निवर्तमान अध्यक्ष गगनलाल शाक्य, डाइरेक्टर नवराज श्रेष्ठ, कुलप्रसाद सापकोटाले रोटरीको बारे जानकारी गराउदैं बाख्रा पालनलाई बाह्र जनाको समूहले व्यवस्थितरुपबाट संचालन गर्नु पर्नेमा जोडदिनुभएको थियो ।
कार्यक्रममा बोल्दै समूहका संयोजक सुजन थापाले रोटरीले गरेको सहयोगको लागि धन्यवाद दिदै बाख्रा पालन व्यवसायलाई सबैले मिलि निरन्तरता दिदै यस्को विस्तार गर्ने र यसमा रोटरी क्लबले थप सहयोग गर्ने अपेक्षा सहित व्यक्त गर्नुभएको थियो ।
क्लवका अध्यक्ष पूर्ण बहादुर के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव ओमप्रकाश पौड्याले गर्नु भएको थियो ।
